News राजनीति

प्रचण्ड–माधवलाई ओलीको चुनौती– १० सिट चुनाव जितेर देखाउनोस

प्रचण्ड–माधवलाई ओलीको चुनौती– १० सिट चुनाव जितेर देखाउनोस

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समुहलाई देशभरबाट १० सिट चुनाव जितेर देखाउन चुनौती दिएका छन् । 

शुक्रबार धनगढीमा आयोजित नेकपा ओली समूहको आमसभालाई सम्बोधन गर्दै उनले दुई अंकको संख्यामा चुनाव जितेर देखाउन चुनौती दिएका हुन्।

‘चोईटिएर जानेहरु ठुला–ठुला कुरा गर्नुहुन्छ’ उनले भने–‘ दुई अंकमा चुनाव जितेर देखाउनुस् । १० वटा सिट ल्याएर देखाउनुस् ।’

ओलीले दाहाल–नेपाल समूहलाई भगौडाको संज्ञा दिदै पार्टी छाडेर गएका भगौडाका पछाडि नलाग्न कार्यकर्ताहरुलाई आग्रह गरे। 

उनले दाहाल–नेपाल समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलको पनि आलोचना गरेका छन् । ‘लिपुलेक लिम्पियाधुराको अतिक्रमित भूमिसहितको नक्सा सार्वजनिक गरेपछि यही प्रदेशका केही मान्छेलाई छटपटी भएको छ,’ रावलको नाम नलिई उनले भने, ‘उहाँलाई मात्र मन्त्री बनाउनु पर्ने ?, पद पाए ठिक नत्र बेठिक ?’ 

प्रधानमन्त्री ओलीले प्रचण्डसँगको पार्टी एकताका विषयमा बोल्दै प्रधानमन्त्री जसरी लाटोकोशेरो झलल घाम लागेको बेला टिक्दैन, त्यसरीनै अध्यारोमा हिँड्ने, अध्यारोमा उड्ने, अध्यारोमा चर्ने बानी गरेका घाम लागेपछि टिक्न नसक्ने बताए। ‘लाटोकोशेरो झलल घाम लाग्यो भने टिक्न सक्दैन। त्यसरीनै अध्यारोमा हिँड्ने, अध्यारोमा उड्ने, अध्यारोमा चर्ने बानी गरेकाहरू घाम लागेपछि टिक्न सक्दैनन’, उनले भने।

ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर हल्ला गर्नेहरुलाई एक पटक संविधान पढ्न आग्रह गरे। ‘६४ प्रतिशतको प्रतिनिधित्व गर्ने सर्वसम्मत प्रधानमन्त्री म हो । मैले देशको समय बर्बाद हुने भयो, देशका लागि काम गर्न दिएनन् । म ताजा जनादेशमा जान चाहन्छु भनेर सिफारिस गरेँ,’ उनले भने, ‘६४ प्रतिशतको नेता म हो, अर्को विकल्प छैन संसदमा । विकल्प नभएपछि प्रतिनिधिसभा पुनर्स्थापना संवैधानिक, व्यवहारिक, अन्तर्राष्ट्रिय प्रचलन कुनै हिसावले हुन्न ।’

विशेष