News

‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाएका युवा पक्राउ

‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाएका युवा पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गरेको धनगढि स्थित जनसभामा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाएका युवालाई प्रहरीलाई पक्राउ गरेको छ । 

शुक्रबार धनगढीमा आयोजित सभाबाट केही युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरु सवैले ‘निर्मला पन्तको बलात्कारी खै’, ‘जस्टिस फर निर्मला’ लेखेको टिसर्ट लगाएका थिए ।

उनीहरुलाई प्रहरीले पक्राउ गरेसँगै प्रधानमन्त्री ओलीको आचालेचना पनि सुरु भएको छ । ‘लोकतन्त्रमा प्रश्न सोध्न नपाउने’ भन्दै सामाजिक सञ्जालमा युवाहरु पक्राउ गरिएको फोटो पोष्ट भईरहेका छन् ।
 

विशेष