सर्वोच्चलाई संविधान संशोधनको अधिकार छैनः नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले सर्वोच्चलाई संविधान संशोधनको अधिकार नभएको वताएका छन् ।
प्रचण्ड–नेपाल पक्षका नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्तासमेत रहेका उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा हुँदै नभएको प्रावधानअनुसार प्रतिनिधि सभा विघटन गरेको वताए । शुक्रबार राष्ट्रिय सभामा बोल्दै उनले भने–‘प्रधानमन्त्रीले अलोकतान्त्रिकरप्रतिगमनकारी काम गर्नु भएको छ।’
राजनीतिक स्थिरता कायम गर्न संसद भंग गर्न नदिने भनेर राष्ट्रिय राजनीतिक सहमतिका साथ संविधान बनेको र प्रधानमन्त्रीलाई विशेषाधिकार नदिइएको उनले बताए । धारा ७६ मा दिइएको कुनै पनि विकल्पबाट पनि सरकार बन्नै सकेन भने मात्र संसद विघटन हुने संविधानले परिकल्पना गरेको भन्दै उनले यो अधिकार नभई दायित्व भएको बताए ।
संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र संविधानअनुसार नै फैसला गर्ने विश्वास पनि उनले ब्यक्त गरे । संविधानमा हुँदै नभएको प्रावधान प्रयोग गरेर संसद भंग गरिएको भन्दै उनले अदालतले त्यसलाई अनुमोदन ग¥यो भने त्यो संविधान संशोधन सरह हुने बताए । ‘सर्वोच्च अदालतले संविधान संशोधन ग¥यो भने यो कागजको खोस्टामा परिणत हुन्छ । संविधान च्यातिएको अवस्था हुन्छ, समग्र व्यवस्थामाथि प्रहार हुन्छ र प्रतिगमनतिर जाने खतरा हुन्छु श्रेष्ठले अघि भने–‘सर्वोच्चलाई संविधानले संविधान संशोधन गर्ने अधिकार दिएको छैन।’