संसद विघटन : प्रधानमन्त्रीलाई नाङ्गै खुट्टा वालकोट पठाउन खोज्दाको नतिजा !
परराष्ट्र मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ओली पक्ष) का प्रवक्ता प्रदीप ज्ञवालीले प्रचण्ड–माधव पक्षले केपी शर्मा ओलीलाई अपमानित र अमर्यादीत ब्यवहारसहित प्रधानमन्त्रीवाट हटाउने षडयन्त्र सुरु भएपछि वाध्यात्मक रुपमा प्रतिनिधि सभा विघटन गरिएको वताएका छन् ।
प्रतिनिधि सभा विघटनपछि देशब्यापी विरोध भईरहेको र त्यस विरुद्ध सर्वोच्च अदालतमा समेत मुद्दा परेको अवस्थामा ज्ञावलीले यस्तो वताएका हुन् । ‘केहि समय यतापटि एउटा वाक्य चै निकै नेताहरुको विचमा खुव घुमिरह्यो÷प्रतिध्वनित भईरह्यो’ उनले भनेका छन्–‘प्रधानमन्त्रीलाई नाङ्गै खुट्टा वालकोट पठाईन्छ भनेर। अर्थात योजना चै त्यहाँसम्म थियो। त्यस्तो गर्दा प्रधानमन्त्रीलाई एउटा नयाँ निकास दिनु पर्ने वाध्यात्मक अवस्था श्रृजना भएको हो ।’
संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने विशेष अधिकार रहेको तर्क गरे। ‘या त हामीले संसदीय व्यवस्था मानेका छैनौं भन्नुपर्यो। मानेको हो भने विघटन गरेर ताजा जानदेशमा जान्छु भन्नु गलत हुन सक्दैन’ उनले थपे–‘ जनतामा जान्छु भन्नु लोकतान्त्रिक होइन भन्न मिल्दैन’
पार्टीभित्रको बाछिटा संसदमा पुगेको उनको टिप्पणी छ । केही नेताले संसदलाई सरकार परिवर्तन र अस्थिरताको थलो बनाएपछि प्रधानमन्त्रीसँग साह्रै कम विकल्प वाँकी रहेको र पछिल्लो कदम चाल्न वाध्य वनाएको उनले वताए ।
पार्टीका नेताहरुले सरकारको पक्षमा एक शब्द पनि नवोलेको र प्रतिपक्षभन्दा अगाडि वढेर सरकारको निन्दा गरेको पनि आरोप लगाए । आलोचना गर्नु सकारात्मक कदम भएको वताएका उनले सरकारको मानमर्दन गर्नु चै उचित नभएको वताए । ‘सरकार बनेपछि कति राम्रा काम भए । कति कमजोरी भए होलान्। तर नेताहरूले यो सरकारको समर्थनमा एक शब्द खर्चिनुभएन’ उनले भने–‘आलोचना गर्नु पनि सहि नै हुन्थ्यो। तर, नेताहरुले प्रतीपक्षभन्दा अघि बढेर नेतृत्वको निरन्तर मानमर्दन गर्नुभयो।’