News राजनीति

संसद विघटन विरुद्ध उल्टो हिँडेर प्रदर्शन

संसद विघटन विरुद्ध उल्टो हिँडेर प्रदर्शन

संसद विघटनको विरोधमा नेविसंघले शुक्रवार काठमाडौंमा उल्टो हिँडेर प्रदर्शन गरेको छ । 

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा संसद विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजी गरिएको थियो ।

प्रदर्शनकारीले प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत संसद विघटन गरेर उल्टो बाटोमा हिँडेकाले सांकेतिकरुपमा विरोध गरिएको बताएका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गर्दै मध्यावधि निर्वाचनको मिति तोकेपछि चौतर्फी विरोध र आन्दोलन सुरु भएको छ ।

विशेष