News राजनीति

प्रधानमन्त्रीलाई प्रचण्ड–माधव पक्षले पठायो चेतावनीसहितको विरोध पत्र

प्रधानमन्त्रीलाई प्रचण्ड–माधव पक्षले पठायो चेतावनीसहितको विरोध पत्र

नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र पठाएको छ ।

शुक्रबार जुलुससहित प्रशासन कार्यालय पुगेका नेता/कार्यकर्ताले सिडिओ मार्फत विरोध पत्र पठाएका हुन् ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम चालेका कारण त्यसको विरोधमा पार्टीले विरोध पत्र पठाएको पार्टी सप्तरी जिल्ला अध्यक्ष अमर मण्डलले वताए ।

प्रधानमन्त्रीले नेपाली जनताको न्यायपूर्ण आन्दोलनको उलब्धिको रुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई समेत ध्वस्त पार्ने प्रतिगामी र निरंकुश कदम चालेको उनको भनाई छ ।

संविधानको रक्षा र कार्यान्वयन गर्नुको साटो मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने योजना अनुसार प्रधानमन्त्रीले असंवैधिनक रुपमा प्रतिनिधिसभा विघटन गरेको मण्डलले वताए ।

विरोध पत्र मार्फत माग गरिएको जन भावनालाई नजरअन्दाज गरी अलोकतान्त्रीक मार्गमा हिड्दा उत्पन्न हुन सक्ने सम्पुर्ण परिस्थितीको जिम्मेवारी नेपाल सरकार र प्रधानमन्त्री हुने विरोध पत्रमा चेतावनी समेत दिईएको छ ।

विशेष