पुर्व प्रधानन्यायाधिसलाई वास्कोटाको चुनौतीः श्रीमानहरु, चुनाव लड्न आउनोस !
प्रतिनिधि सभा विघटनको विरोधमा विज्ञप्ति जारी गरेपछि सर्वोच्च अदालतका चार पुर्व प्रधानन्यायाधिसहरु विवादमा परेका छन् । अदालतमा बिचाराधीन मुद्दालाई प्रभावित पार्ने गरि दबाबमूलक विज्ञप्ति जारी गरेको भन्दै उनीहरुको आलोचना सुरु भएको छ ।
संविधानको गलत व्याख्या गरेर प्रतिनिधिसभा विघटन गरिएको र संविधानको आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधिसभा विघटन गरिएको भन्दै पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले शुक्रवार संयुक्त विज्ञप्ति जारी गरी प्रतिक्रिया जनाएका थिए ।
पुर्व मन्त्री एवम् केपी ओली निकट नेकपामा नेता गोकुल बास्कोटाले उनीहरुलाई प्रचण्ड–माधव नेपाल नेतृत्वको पार्टीमा लाग्न र चुनाव लड्न चुनौती दिएका छन् ।
नेकपा काभ्रे जिल्ला कमिटीको अगुवा कार्यकर्ता भेलालाई शनिवार बनेपामा सम्बोधन गर्दै बास्कोटाले चार पूर्व प्रधानन्यायाधीशलाई प्रचण्डको पार्टीको सदस्य बनेर चुनाव लड्न चुनौति दिएका हुन् ।
‘केहि भुतपुर्व प्रधानन्याािधहरुहरुको एउटा वक्तब्य आयो। यो–यो हुनु पर्ने भनेर’ उनले भने–‘श्रीमानहरु, त्यो वक्तब्य जारी गर्नु भन्दा प्रष्ट रुपमा माधव–प्रचण्डले नेतृत्व गरेको टुटफुटकारी, विभाजनकारी, राष्ट्र विरोधी, विकास विरोधी, न्याय विरोधी, स्थिरता विरोधी, अस्थिरताको पक्षधर पार्टीको सदस्य वनेर चुनाव लड्न आउनोस।’
न्यायालयमा विचाराधिन मुद्दामा वोल्न पाईदैन भनेर हिजो तपाईहरुले नै वोलेको भन्दै त्यस्तो वक्तब्यवाजीमा नलाग्न उनले सुझाव दिए । ‘त्यो बक्तब्य जारी नगर्नोस। किन भने हिजो तपाईहरुले भन्नु भएको थियो, न्यायालयमा विचाराधिन मुद्दामा वोल्न पाईदैन। अनि तपाईहरु आज राजनीति गर्नु हुन्छ’ उनले थपे–‘आउनोसन राजनीति गर्न मन भए।’
सर्वोच्चमा विचराधीन मुद्दाको फैसला सर्वोच्चले सुनाउने भएकाले सडकबाट फैसला नसुनाउन पनि उनले चेतावनी दिए । ‘भूतपूर्वहरुले फैसला गर्ने हैन वर्तमानले गर्ने होला,’ उनले भने, ‘विधि त्यही होला, के गर्छ हामी सम्मान गर्छौ अदालतको निर्णयलाई ।’