News राजनीति

ओलीको चिन्तन निरंकुश पञ्चायतको भन्दा रत्तिभर फरक छैनः उपेन्द्र यादव

ओलीको चिन्तन निरंकुश पञ्चायतको भन्दा रत्तिभर फरक छैनः उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको चिन्तन निरंकुश पञ्चायतको भन्दा रत्तिभर फरक नभएको वताएका छन् ।

जसपाले शनिबार विराटनगरमा आयोजना गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै उनले ओलीले चुनाव गराउनका लागि नभई निरंकुशता लाद्नका लागि संसद विघटन गरेर निर्वाचन घोषणा गरेको आरोप लगाए। ‘यो निर्वाचनका लागि होइन, तानाशाही, सर्वसत्तावाद र निरंकुशता लाद्न घोषणा गरिएको हो’ उनले भने–‘ओली र उनका सहयोगीले चुनाव नगराउने ठोकुवा छ।’

अनैतिक र असंवैधानिक काम गर्नेले चुनाव गराउनेभन्दा कसैले नपत्याउँने उनको भनाई भनाई छ ।

 

यसैगरी, जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जनताको रक्तरञ्जित संविधानमाथि टेकेर बनेको जनप्रतिनिधिहरुको सर्वोच्च संस्था प्रतिनिधिसभालाई प्रधानमन्त्री ओलीले आफ्नो कुर्सी खतरामा रहेको देखेर अकाल मृत्युको घोषणा गर्नु निन्दनीय भएको वताए ।

शनिबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा वोल्दै ।महतोले प्रधानमन्त्री ओली जनताको अधिकार खोस्न तल्लीन रहेको भन्दै विकासको नाममा सिन्को नभाँचेको आरोप लगाए । 
 

विशेष