News राजनीति

प्रम ओलीको प्रश्न : सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ? 

प्रम ओलीको प्रश्न : सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ? 

अदालतमा विचाराधिन रहेको मुद्दामा विज्ञप्ति जारी गरेका ४ पुर्व प्रधानन्यायाधिसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सडकबाटै फैसला दिन खोज्ने ? भन्दै प्रश्न गरेका छन् ।

चार जना पूर्वप्रधानन्यायाधीशले सर्वोच्च अदालतलाई धम्क्याउने र गलत ढंगले प्रभावित पार्न खोजेको आरोप लगाएका ओलीले ‘सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ?’ भन्दै प्रश्न गरेका हुन्।

युवा संघको राष्ट्रिय भेलालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एकपल्ट अदालतमा जागिर खाएको भरमा बाहिर आएर जथाभावी बोल्न नहुने वताए । सर्वोच्च अदालतको सर्वोच्च पदमा रहेका व्यक्तिहरूले अदालतलाई गुमराहमा पार्ने, धम्क्याउने, अल्मल्याउने गर्न पाउँदैन भन्दै उनले स्वतन्त्र न्यायालयलाई कदर गर्नुपर्ने वताए ।

बाहिरबाट यस्तो इजलास चाहियो र उस्तो इजलास चाहियो भन्ने र सर्वोच्च त्यसरी नै चल्ने हो भने किन सर्वोच्च अदालत चाहिने भनेर ओलीले असन्तुष्टि पनि पोखेका छन् । 

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । जसको राजनीतिक दलहरू, नागरिक समाज, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीशहरूले विरोध गरिरहेका छन् । 

यसैक्रममा संसद विघटनको विरुद्धमा पुर्व प्रधानन्यायाधिसहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले विज्ञप्ति जारी गरेका थिए । उनीहरूले संवैधानिक व्यवस्थाको गलत उल्लेख गरेको, संविधानमा नभएको अधिकार उल्लेख गर्दै संसद विघटन गरेको भन्दै ओलीको कदमको विरोध गरेका थिए ।
 

विशेष