नेपाली भुमिमा ड्रोन उडाउँछन चीनियाँ लालसेना
कोरोनाको वहानामा चीनले सुरु गरेको ब्यापार अवरोधका कारण नेपाली ब्यापारी÷ब्यवसायी आजित छन् । ०७२ सालको भूकम्प पछि सुरु भएको अघोषित नाकावन्दी कोरोना संक्रमणपछि झन कडा पारिएको छ । भुकम्पका वेला चीनसँग सडक मार्ग भएर जोडिने एउटा मात्रै तातोपानी नाका चिनले वन्द गर्यो । भारतले अघोषित रुपमा नाकावन्दी गर्दा पनि सुरक्षा संवेदनशिलता देखाउँदै चीनले तातोपानी नाका खोल्न मानेन। प्रचारवाजीका लागि केरुङ्ग/रसुवागढि नाका संचालन गर्यो तर जिर्ण सडक र आवश्यक्ता अनुसारको पूर्वाधार नहुँदा ब्यापारी/ब्यवसायीले सामान आयात–निर्यातमा सधैं हैरानी पाए ।
कोरोनाको संक्रमण सुरु भएपछि रसुवागढि नाका पनि प्रभावित भएको छ । सामान्य अवस्थामा एक÷डेढ सय कन्टेर आउने रसुवागढि नाकामा अहिले मुस्किलले ५ वटा कन्टेनर आउने गरेका छन्। चीनले कोटा सिस्टममा कन्टेनर जाँचपास गरिरहेको छ। नेपाली ब्यापारी/सर्वसाधारणलाई सिमानाका भन्दा छिर्न दिईएको छैन । तर, चीनियाँ सुरक्षाकर्मीले भने नेपाली भुभागमा ड्रोन उडाएर निगरानी गर्ने गरेका छन्। उनीहरुले नेपालका गतिविधि निगरानी गर्ने र स्थानीय प्रशासनलाई निर्देशन दिने तथा आफनो कब्जामा राख्ने गरेको गोसाईकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष दावा दिन्डुप तामाङ्गले वताए।
कोरोना संक्रमण पुर्व सिभिल ड्रेसमा सुरक्षाकर्मी नै जासुसीका लागि नेपाली भुमिमा आउने गरेका थिए। संक्रमणपछि भने मान्छे आउन छोडेको र ड्रोन मार्फत निगरानी गर्न थालेको उनले वताए । ‘पहिला त विहानै आउने, दिनभरी वस्ने र यताका गतिविधि निगरानी गरेर साँझपख फर्किने चलन थियो’ गुरुङ्ग भन्छन–‘यतिवेला भने उनीहरु आउँछ छोडेका छन्, कहिलेकाहिँ ड्रोन उडेको देखिन्छ।’
चीनियाँ नाकावन्दी र ब्यापार/ब्यवसायमा आएको समस्याका विषयमा यस क्षेत्रका सरकारी अधिकारीहरू कुरा गर्न समेत अस्वीकार गर्छन। तर, रसुवागढि नाकाका प्रहरीले भने सिमा क्षेत्रमा देखिएका समस्याका विषयमा खुलस्त कुरा गरे ।
एक प्रहरीका अनुसार चीनियाँ अधिकारीहरूले नेपाली क्षेत्रमा ड्रोन र सीसी क्यामेराद्वारा अनुगमन गर्ने गरेका छन् । नेपाली अधिकारीमाथि पुर्णतया उनीहरुको नियन्त्रण छ। त्यस क्षेत्रमा चीनियाँ पक्षले क्यारेन्टाईन वनाएका छन, जहाँ कसैलाई पनि प्रवेश दिने गरीएको छैन । स्थलगत रिपोर्टिङ्गका लागि पुगेका सञ्चारकर्मीलाई समेत प्रहरीले कडा सुरक्षाका विच त्यस क्षेत्रको निरिक्षण गर्ने अनुमति दिए । तर, दोस्रो दिन उनीहरूले फोटो खिच्न समेत अनुमति दिएनन्। एक प्रहरीले भने–‘चीनियाँहरुले यहाँका गतिविधिहरु नियालीरहेका हुन्छन्। यस्तो देखेपछि रिसाउँछन्।’ उनीहरुले संचारकर्मीलाई फोटो÷भिडियो नखिच्न अनुरोध गरे ।
तातोपानी नाकामा पनि चीनियाँ प्रहरी नेपाल आएर जासुसी गर्ने र सूचना संकलन गरेर फर्कन्थे। अनुमति बिना नै नेपाल आउँने, मादक पदार्थ सेवन गरी स्थानीयवासीलाई दुब्र्यवहार गर्ने उनीहरुको दैनिकी नै थियो । नेपाली सुरक्षाकर्मी मुकदर्शक वनेर वस्नु पर्ने अवस्था थियो । तर, भूकम्प पछि भने यस क्षेत्रमा चीनियाँ प्रहरीको उपस्थित नरहेको भोटेकोसी गाउँपालिका–४ का वडाध्यक्ष सांङ्ग दोर्जे शेर्पाले वताए ।
यो पनि
चाईना ब्यापारः कहिले बन्ला सिमासम्म राम्रो बाटो ?
चीनमा नेपाली ब्यापारीको सुरक्षा भएन, आफनै सामान ल्याउन दलाललाई घुस
चीनको वदमासीः ३ सय कन्टेनर आउने नाकामा ३ वटा कन्टेनर मात्रै जाँचपास
नेपालीसँगको सम्वन्ध छुटाउँन चीनले खासाको वस्ती नै उठायो
चीनियाँ नाकामा सास्तीः चिनियाँहरुलाई घुस नदिए सामान पठाउँदैनन्
चीनको अघोषित नाकावन्दीका कारण तातोपानी नाका सुनसान, सामान आयात निर्यातमा अवरोध
‘चाईना नाकावन्दी’को असर : रसुवामा सर्वसाधारणको विचल्ली, ६ सय श्रमिक विस्थापित
एमसिसी मार्फत अमेरिकी प्रभाव बढ्ने देखेपछि नेपालमा चिनियाँ नाकाबन्दी