संसद विघटनमा मधेशको समर्थन देखाउन काठमाण्डौंमा ‘धोती जुलुस’ !
प्रतिनिधि सभा विघटनमा मधेशको समर्थन देखाउन शनिवार काठमाण्डौंमा ‘धोती जुलुस’ निकालिएको छ ।
ओली पक्षका नेता महेश बस्नेतलगायतको सहभागिता रहेको जुलुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा नारा लगाईएको छ । सहभागिहरुले ‘धोती, कुर्ता, गम्छा मधेशीका शान–केपी ओली हमनी सबके जान’ भन्दै नारा लगाएका छन् ।
केहि समय अघि संविधान संधोधनको माग राख्दै मधेशमा जारी आन्दोलनका कारण ओली मधेश विरोधीको रुपमा चिनिएका थिए । मधेशमा मानवसाङ्लो बनाउँदा ओलीले त्यसलाई ‘माखे साङ्लो’ भन्दै आलोचना गरेपछि उनको विरोध भएको थियो ।
तर, यतिवेला ओलीकै निर्देशनमा प्रदेश २ का युवाहरु काठमाडौंमा ल्याएर ‘धोती जुलुस’ प्रदर्शन गरिएको जनाईएको छ । उपत्यकाका विभिन्न स्थानहरूबाट निस्केको जुलुस नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीतर्फ जम्मा भईरहेको छ ।