News

रवीको ग्यालेक्सी टेलिभिजनः नाम मात्र ‘फोरके’, हेर्न पाईने ‘टुके’

रवीको ग्यालेक्सी टेलिभिजनः नाम मात्र ‘फोरके’, हेर्न पाईने ‘टुके’

०७७ आश्विन १ गते १० वर्षअघि सम्झौता भएको एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल नेपाल आयो । चुनावताका रेल कुदाउने सपना वाँडेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र उनको पार्टीका नेता÷कार्यकर्ताले ‘रेल ल्याईयो’ भन्दै झ्याली पिटे। 

तर, आएको वर्षौ वितिसक्दा पनि रेल सञ्चालनमा नआएपछि सर्वसाधारण निरास छन् । आवश्यक कानुनी तथा भौतिक पूर्वाधारको कमीका कारण करिब ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग खरिद गरिएका दुवै रेल पाल ओढाएर राखिएका छन् । रेल आएको यति लामो समय वितिसक्दा पनि नत रेल सञ्चालनको लागि वाटो तयार भएको छ नत चालकसहितको आवश्यक जनशक्ति। ति रेल सञ्चालनका लागि कति समय कुर्नु पर्ने हो ? अझै टुङ्गो लागेको छैन । यो सवै आँखा अगाडि देखेका र भोगेका सर्वसाधारणहरु अहिले आएर सरकारले ठगेको वताईरहेका छन् ।

‘आजै रेल चल्छ, भोली नै रेल चल्छ’ भन्दै सरकारले वर्षौसम्म नागरिकलाई ढाँट्यो र ठगी रह्यो। अव त सर्वसाधारणले रेल चल्ने र सुविधा उपभोग गर्ने विषय विर्सिसके। रेल चढ्ने कुरा ‘एकादेशको कथा’ जस्तो भएको स्थानीयहरु वताउँन थालेका छन् ।

यो त भयो सरकारको कुरा। सरकारको यही निकम्मा शैलीको प्रयोग अहिले एउटा टेलिभिजनले गरेको छ । चर्चित सञ्चारकर्मी रवी लामिछाने ०७७ फागुनदेखि नयाँ टेलिभिजन ‘ग्यालेक्सी’ सञ्चालनमा ल्याएका छन् । गोरखा मिडिया नेटवर्क प्रालिले सञ्चालन गरेको उक्त टेलिभिजनमा लामिछाने म्यानेजिङ डाइरेक्टरको जिम्मेवारीमा छन्।

लामिछानेकै भनाईमा यो टेलिभिजन ‘फोरके’ प्रविधिमा आधारित छ। तर, नेपाल आजलाई प्राप्त प्रमाण अनुसार रवीले दर्शक–श्रोतालाई झुक्याउनका लागि मात्रै ‘फोरके’ को विज्ञापन गरिरहेका छन्। उनले फोरके प्रविधिको प्रयोग गरेपनि सर्भिस प्रोभाईडर (केवल सञ्चालक) ले त्यो अनुसारको सुविधा उपलब्ध गराउन नसक्ने वताईन्छ।‘प्रचार गरिए जस्तो सवैले फोरके प्रविधिको सुविधा पाउँछन् भन्ने छैन’ उपभोक्तावादीहरु भन्छन्–‘त्यसैले दर्शक–श्रोता झुक्याउनकै लागि नामको पछाडि फोरके झुण्ड्याईएको हो ।’

तर, उनीहरु खुलेर रवीको विषयमा वोल्न डराउँछन् । ‘उनको वारेमा केही कुरा वोल्यो भने भोली नसोचेका धेरै कुरा झेल्नु पर्ने हुन्छ’ एक उपभोक्तावादी भन्छन्–‘मन्त्रीलाई ठाडै औला उठाएर थर्काउन सक्नेले हामी जस्तालाई त जहाँ सुकै फसाउन सक्छन् ।’ तर, ‘फोरके’का नाममा रवीले ठगी गरिरहेको उनको दावी छ। 

अर्कोतर्फ रवीले भने झै ‘फोरके’ प्रविधि नौलो पनि होईन। यो प्रविधिको विकास आजभन्दा १८ वर्ष अघी सोनी ले ल्याइसकेको छ भने युटुबले सन् २०१२ मै ‘फोरके’ मा भिडियो अपलोड गर्न मिल्ने बनाइसकेको छ ।

यदि १२ मेगापिक्सल भन्दा बढीको क्यामेरा छ भने ‘फोरके’ भिडियो खिच्न सकिन्छ। ‘फोरके’ खासमा रेजुलेसनमा आधारित हुन्छ। डिस्प्लेमा साना साना युनिट हुन्छन्, जसलाई पिक्सल भनिन्छ । फोरकेमा होरिजेन्टल्ली ३ हजार ८४० पिक्सल हुन्छन भने भर्टिकल्ली २ हजार १६० पिक्सल हुन्छ ।

होरिजोन्टल्ली यसमा करिब ४ हजार पिक्सल हुने भएकोले यसलाई फोरके भनिन्छ । फुल एचडी र फोरकेमा केही भिन्नताहरु छन् । फुल एचडीमा रेजुलेसन १९२० र १०८० हुन्छ । जब यसको उचाई र चौडाई दुवैमा पिक्सललाई दुई गुणा बढाइन्छ तब यसमा फोरके पाइन्छ ।

एउटा फुल एचडीको चार गुणा पिक्सलमा फोरके रेजुलेसन पाउन सकिन्छ । ‘टुके’ को कुरा गर्दा त्यसमा १२८० र ७८० पिक्सल हुन्छ । ‘फोरके’ को स्क्रिन रेजुलेसनको कुरा गर्दा यसमा कुल ८ मेगापिक्सल हुन्छ । किनभने यसको चौडाई करिब ४ हजार र उचाई करिब २ हजार पिक्सलको छ । 

जब यी दुवैलाई गुणा गरिन्छ, तब करिब ८० लाख पिक्सल पाईन्छ। फूल एचडीको कुरा गर्दा त्यसमा करिब २० लाख पिक्सेल हुन्छ ।

रवीले भने ग्यालेक्सी टेलिभिजनमा ‘फोरके’ को सम्पुर्ण प्रविधि रहेको दावी गर्दै यो विषय लाईसन्ससँग सम्वन्धित नै नभएको वताए । सञ्चार मन्त्रालयले दिने लाईसन्समा ‘टुके, फोरके र फुल एचडी’ जस्तो क्वालिटिको कुरा उल्लेख नहुने वताएका उनले भने–‘हामीले दिने कुरा दिईएको छ, प्रोभाईडरले दिन सक्छन् सक्दैनन भन्ने कुरा हो। त्यसका लागि हामीले पुर्ण प्रयास गरिरहेका छौं।’

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका प्रवक्ता विनोद प्रकाश सिंहले भने लाईसन्स दिदा टेलिभिजनको स्तर निर्धारण गरेरै दिने गरेको वताउँदै ग्यालेक्सीको विषयमा चै आफुलाई जानकारी नभएको वताए।

यो पनि

गैरकानुनी पैसाले चलेको छ रवी लामिछानेको ‘सिधा कुरा’ !

रवी लामिछाने ग्यालेक्सी फोरके ठगी

विशेष