News

प्रदेश १ का मुख्यमन्त्रीले दशैंपछि मात्रै विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्रीले दशैंपछि मात्रै विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यले दशैंपछि मात्र विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको जारी हिउँदे अधिवेशनको तेस्रो बैठक दसैँपछि मात्र बस्ने भएकाले उनले विश्वासको मत लिने मिति पनि सरेको हो ।

सरकार र सभामुखको आलोचना गर्दै आएका विपक्षीहरुले भने तत्काल विश्वासको मत लिन आचार्यलाई चेतावनी दिएका थिए। आचार्यले असोज २५ गतेभित्र विश्वासको मत लिनुपर्ने उनीहरुको भनाई थियो ।

आइतबार बसेको बैठकपछि सभामुख प्रदीपकुमार भण्डारीले तेस्रो बैठक सोमबार दिउँसो १ बजे बोलाउने निर्णय गरेका थिए। तर आइतबार बेलुका सूचना जारी गर्दै प्रदेशसभा सचिवालयले विशेष कारणले दसैँपछि अर्थात कात्तिक ५ गतेका लागि बैठक बस्ने जानकारी दिएको छ।मुख्यमन्त्रीलाई अनुकुल हुनेगरी सभामुखले कात्तिक ५ गतेसम्मका लागि बैठक स्थगित गरेका छन्।

विशेष