News

वुटवलामा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु 

वुटवलामा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु 

बुटवलको मोतिपुरमा गोली लागेर तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका १७ मोतीपुरमा भएको झडपलाई नियन्त्रणमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका उनीहरुको मृत्यु भएको हो ।

अतिक्रमित बस्ती हटाउन प्रशासनले बल प्रयोग गर्न खोज्दा स्थानीय प्रहरीमाथि जाइलागेका थिए । सो क्रममा झडप हुँदा प्रहरीले गोली चलाएको थियो । घटनामा करिव १ दर्जन ब्यक्ति घाइते भएका थिए । घाइतेमध्ये तीन जना प्रहरीसमेत छन् ।


स्थानीय प्रशासनले मोतिपुरमा कर्फ्यु आदेश जारी गरेको छ । प्रहरीले मृतकको नाम र ठेगाना खुलाएको छैन । मृतक तीनै जनाको शव भैरहवा मेडिकल कलेजमा राखिएको छ । भैरहवा अस्पतालमा अन्य १० घाइतेको उपचार भइरहेको छ । एक जनाको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीले बताएका छन् । 

मोतिपुर

विशेष