News

यादवले झट्का दिएपछी मुख्यमन्त्री राउत महन्थको शरणमा

यादवले झट्का दिएपछी मुख्यमन्त्री राउत महन्थको शरणमा

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत विरुद्ध पछिल्लो समय मधेशमा ब्यापक विरोध भइरहेको छ । मुख्यमन्त्री राउतले प्रदेशको कमाण्ड सम्हालेलगत्तै हिन्दु समुदायलाई उपेक्षा गर्दै आइरहेको भन्दै उनको चौतर्फी बिरोध हुन थालेको छ।

हिन्दुविरोधी विभिन्न रणनीतिहरु बनाएर मुख्यमन्त्री राउतले प्रदेश २ मा काम गरिरहेको गाउँदेखि सहरसम्म चर्चा छ। राउतको पूरा नाम ‘मोहम्मद लालबाबु राउत गद्दी’ हो। उनले प्रदेश २ मा हिन्दु विरुद्ध षडयन्त्र गर्न विधेयकको सहारा लिएका छन् । जसको हिन्दुको मुद्दामा आवाज उठाउने राष्ट्रिय एकता अभियानले कडा विरोध गरेको छ । 

मुख्यमन्त्री राउतले हिन्दुविरुद्ध षडयन्त्र रच्दै मदरसा शिक्षा विधेयक ल्याएको अभियानको आरोप छ । अभियानले सो विघेयकको विरोधमा विभिन्न प्रदर्शन एवम कार्यक्रम गर्दै आइरहेको छ । अभियानले यसलाई आफ्नो मुख्य मुद्दाको रूपमै उठाउदै आइरहेको छ।

अभियानका नेता विनय यादवको चर्को विरोधपछी मुख्यमन्त्री राउत तनावमा रहेको उनी निकटहरू बताउछ्न। राउतले यादवको विरोधपछी आफुलाई हिन्दु निकट देखाउन जानकी मन्दिरका महन्थ तपेश्वर दासको सहारा लिएका छन। उनले महन्थको पाउ छोएको तस्वीर सार्वजनिक गर्दै हिन्दुहरूको भावना जित्ने प्रयास गरेका छन। तर उनको त्यो कार्यले उनलाई खासै फाईदा भने गरेको छैन। मुस्लिमहरू जानकी मन्दिरमा प्रवेश गर्नु हिन्दु समुदायको लागि अपाच्य हो। यादव भन्छन ‘गाई खाने जातलाई मन्दिरमा प्रवेश गराउनुले हिन्दु समाजको आस्था माथि नै ठेस पुर्याएको छ।’ 

मुख्यमन्त्री राउतले २०७५ कार्तिक पहिलो साता मदरसा शिक्षालाई व्यवस्थित गर्न मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयक, २०७५ प्रदेश सभामा प्रस्तुत गरेका थिए । लगत्तै प्रदेश सभासदहरुले पनि सो विधेयकको कडा रुपमा विरोध जनाएका थिए । तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका प्रदेश सांसद जगत यादवले उक्त विधेयक देशको हितमा नरहेको बताएका थिए ।

मुख्यमन्त्रीद्वारा प्रस्तुत विधेयकप्रति मुस्लिम अगुवा तथा शिक्षाविद्हरुले पनि असहमति जनाएका छन् ।

विधेयकको परिच्छेद २ मा बोर्डको स्थापना र व्यवस्थासम्बन्धी बुँदा नम्बर ४ मा रहेको बोर्ड स्वशासित संस्था हुने, बोर्डको काम र कारबाहीका लागि अफ्नो एउटा छुट्टै छाप हुने, बोर्डले व्यक्ति सरह चलअचल सम्पत्ति प्राप्त गर्ने, उपभोग गर्न, बेचविखन गर्न वा अन्य कुनै किसिमले व्यवस्था गर्न सक्ने व्यवस्था उल्लेख गरिएको छ।

यस्तै, बुँदा नम्बर ६ मा उल्लेखित बोर्डले आर्थिक स्रोत जुटाउन सक्ने व्यवस्थामा बोर्डले आफ्नो कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकार, प्रदेश सरकार मातहतका संस्था, गैरसरकारी संस्था, दान दातव्य वा उपहारलगायतका आवश्यक आर्थिक स्रोत जुटाउन सक्ने उल्लेख छ । साथै, परिच्छेद ४ मा कोष र लेखा परीक्षणको व्यवस्थामा बोर्डको आफ्नो छुट्टै कोषमा सबै रकम जम्मा गरी बोर्डका तर्फबाट सबै रकम खर्च गर्न सक्ने व्यवस्था छ।

प्रदेश २ की सांसद डा. रीना यादवले विधेयकमा प्रस्तुत बुँदाले विदेशी सहयोगको दुरुपयोग हुनसक्ने भन्दै संसदमा संसोधन प्रस्ताव नै पेस गरेकी थिइन् । सांसद डा. यावदले प्रदेश प्रमुखले पेस गरेको मदरसा शिक्षा बोर्ड गठनसम्बन्धि विधेयकलाई ‘आपराधिक विधेयक’ को संज्ञा दिएकी थिइन् ।

विधेयकमा उल्लेखित बोर्डका पदाधिकारीको योग्यता, पारिश्रमिक तथा सुविधाको सन्दर्भमा मुस्लिम समुदायका उच्च शिक्षा (आलिम, फाजिल वा मुफ्ती) हासिल गरेको व्यक्ति हुने व्यवस्थाको पनि विरोध गरिएको छ ।

विधेयकमा प्रस्ताव गरिए अनुसार बोर्डको अनुगमन, निगरानी, पाठ्यक्रम निर्माण, आर्थिक संकलनलगायतका सम्पूर्ण जिम्मेवारी बोर्डमै निहित हुने व्यवस्थाले मदरसा शिक्षालाई समेत बद्नाम गराउने शिक्षाविद्हरुको ठहर छ।

सोही क्रममा उक्त मदरसा शिक्षा विधेयकको राष्ट्रिय एकता अभियानले सुरुदेखि नै कडा रुपमा विरोध गर्दै आइरहेको छ । उक्त विधेयकले प्रदेशलाई नै अफगानिस्तान वनाउने अभियानको ठहर छ ।

प्रदेश २ सरकारले ल्याएको उक्त मदरसा शिक्षा विधेयक फिर्ताको माग गर्दै अभियानले आफ्नो विरोधका कार्यक्रमहरूलाई गति दिएको छ । अभियानको अगुवाईमा यो विधेयक फिर्ताको माग गर्दै प्रदेशका २ का विभिन्न जिल्लामा प्रदर्शनसहित मुख्यमन्त्री लालबाबु राउतको पुत्ला समेत दहन गरिएको छ ।

अभियानले मदरसा शिक्षा विधेयक फिर्ता गर, प्रदेशलाई आफ्गानिस्तान  बनाउने मुख्यमन्त्री राजीनामा दे, सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद, भ्रष्ट कमिसनखोर मुख्यमन्त्री राजीनामा दे र संघीय हिन्दू गणतन्त्र जिन्दावाद भन्दै विभिन्न जिल्लामा मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन गर्दै आएको छ ।

अभियानका केन्द्रीय संयोजक विनय यादवले प्रदेश २ का मुख्यमन्त्री राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिरहेको विभिन्न औपचारिक कार्यक्रममा भन्दै आएका छन् ।

विश्वका अधिकांश देशमा आज मदरसामाथि प्रतिबन्ध लागिरहेको बेला हिन्दू देशमा मदरसा शिक्षा विधयेक ल्याई प्रदेश २ लाई तालिबान संस्कृतितिर धकेल्न लागिएको संयोजक यादवले विभिन्न विरोध कार्यक्रममा जानकारी गराउँदै आएका छन् ।

पछिल्लो समय मुख्यमन्त्री राउतमाथि साइकल खरिदमा भ्रष्टाचार गरेको आरोप समेत लागेको छ । अभियानले त्यसको पनि कडा रुपमा विरोध गरिरहेको छ । हिन्दु विरोधी गतिविधि गरेको र भ्रष्टाचारको आरोप लागेका मुख्यमन्त्री राउतविरुद्ध अभियान आक्रमक बन्दै गएको छ । अभियानले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश २ का मुख्यमन्त्री राउतविरुद्ध ‘सुशासन जागरण कार्यक्रम’ घोषणा गर्दै विभिन्न आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ।

अभियानले प्रदेश २ का मुख्यमन्त्री राउत सहभागी कार्यक्रमहरुमा कालो झण्डा देखाएर विरोध जनाउने बताएको छ । त्यसैगरी विभिन्न संचार माध्यमहरुबाट उजागर भइरहेका बहुस्तरीय भ्रष्टाचारका विषयहरुमा समाजिक संजालमा शालिन विरोध गर्ने अभियानले जनाएको छ ।

त्यस्तै भ्रष्टाचारका प्रकरणसहित प्रदेश २ मा मदरसा विधेयक तथा बजेट दुरुपयोग लगायतका सवालमा अभियानले आयोजन गर्ने विरोध –याली, विरोध सभा र अन्य कार्यक्रममा सहभागिता जनाउँदै सुशासनप्रतिको जनचाहना प्रकट गर्ने बताएको छ ।
 

लालबाबु राउत

विशेष