News

प्रहरी हिरासतमा युवकको मृत्यु, आफन्तद्वारा प्रहरीमाथि ढुंगामुढा

केटी भएको प्रकरणमा पक्राउ, अभद्र ब्यवहारको मुद्दा

प्रहरी हिरासतमा युवकको मृत्यु, आफन्तद्वारा प्रहरीमाथि ढुंगामुढा

अभद्र व्यवहार मुद्धामा पक्राउ परेका सुनसरीको भोक्राहा ५ का मोहम्मद हकिम साहको प्रहरी हिरासतमै मृत्यु भएको छ।

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि उनका आफन्तले आन्दोलन सुरु गरेका छन् । आन्दोलनका कारण जिल्ला प्रहरी कार्यालय परिसर तनावग्रस्त बनेको छ । पीडितका आफन्त सहित ठूलो संख्याको भीडले प्रहरी माथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको छ ।

आन्दोलनकारीले प्रहरी माथि ढुङ्गामुडा गरेका छन् भने प्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ । झडपका क्रममा प्रहरी कार्यालय र परिषरका संरचनामा क्षति समेत पुगेको छ । 

झडपमा प्रहरी सहित एक दर्जन बढी घाइते भएका छन् । प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । प्रहरीले प्रर्दशनकारीलाई हटाउन पटक–पटक प्रयास गरेपनि सफल हुन सकेको छैन। कार्यालय र इनरुवा बजार क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको आरोप लगाएका छन् । मृतकका शव वुझ्न समेत उनीहरुले इन्कार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले भने साहले आत्महत्या गरेको दावी गरेका छन् । सीसीटीभी फुटेजमा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरी माथि आक्षेप लगाउनु उचित नहुने बताए । उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानविन हुने बताए ।

प्रहरीले साहलाई अभद्र ब्यवहार मुद्धामा पक्राउ गरेपनि पीडित पक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीति लादेर उनलाई पक्राउ गरिएको वताएका छन् । उनीहरुले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भनेका छन् । 

मोहम्मद हकिम साह जिल्ला प्रहरी कार्यालय सुनसरी

विशेष