News राजनीति

वाग्मतीमा देउवा र नेपालको हानाथाप: वानियाँ र पाण्डे मुख्यमन्त्रीको लाईनमा

वाग्मतीमा देउवा र नेपालको हानाथाप: वानियाँ र पाण्डे मुख्यमन्त्रीको लाईनमा

वाग्मती प्रदेशको मुख्यमन्त्री बन्न मुख मिठ्याएर वसेका नेकपा एकिकृत समाजवादी (एस)का नेता राजेन्द्र पाण्डेलाई झट्का लागेको छ। मुखैमा आएको मुख्यमन्त्री पद गुम्ने अवस्था आएपछि उनी भाउन्निएका छन् ।

नेकपा एमाले विभाजन भए पछि वाग्मतीको मुख्यमन्त्री माधव नेताल नेतृत्वको नेकपा एसले पाउने अपेक्षा गरिएको थियो । जसका लागि नेता राजेन्द्र पाण्डेले मुख मिठ्याएर वसेका थिए । तर, अन्तीम अवस्थामा कांग्रेसले छिर्के लगाएपछि उनी रुनु न हाँस्नुको अवस्थामा छन् ।

नेपाली काग्रेसका सभापती समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बाग्मती प्रदेशको मुख्यमन्त्रीमा आफ्ना विश्वास पात्र इन्द्र बानियालाई अघि सारेपछि पाण्डे समस्यामा परेका छन् । वाग्मती प्रदेश संसदीय दलका नेता बाँनीया कुनै पनि हालतमा मुख्यमन्त्री नछोड्ने अडानमा छन् । उनी प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निकट हुन् । देउवाले महाधिवेशनअघि बानियाँलाई जसरी पनि मुख्यमन्त्री बनाउन चाहन्छन् ।

स्रोतका अनुसार कांग्रेस सभापति देउवाले महाधिवेशनअघि इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने र त्यसको १५ दिनपछि पाण्डेलाई सत्ता हस्तान्तरण गर्ने प्रश्ताव माधव नेपाल समक्ष राखेका छन् । देउवाको यो प्रश्ताव नेता नेपालले स्विकारी सकेका छैनन् । ७ वटा प्रदेश सरकारमध्ये दुई वटा प्रदेश १ र बागमती को मुख्यमन्त्री आफूले पाउनुपर्ने उनको अडान छ। 

अर्कोतर्फ मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले २५ गतेसम्म प्रदेशसभाको नवौं अधिवेशन बोलाएर विश्वासको मत लिने तयारी गरेकी छिन् । तर, उनले विश्वासको मत पाउने सम्भावना कम छ। प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनको बहुमत छ । माओवादी केन्द्रका २३, कांग्रेसका २२ र एकीकृत समाजवादीका १३ सांसद एकठाउँमा उभिँदा बहुमत पुग्छ । १०९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५५ सांसद चाहिन्छ, पाँचदलीय गठबन्धनसँग ५८ सांसद छन् ।

तर गठबन्धनबाट मुख्यमन्त्री को भन्ने टुंगो नलागेका कारण अलमल छ। वानियाँ र पाण्डे विचमा तानातान यथावत रहे शाक्यले तिर मार्न सक्ने स्रोतको दावी छ।

वाग्मती प्रदेश

विशेष