News

जसपा मधेश प्रदेश कमिटिमा भाँडभैलो, समायोजन पुर्व नै मुख्यसचिवको राजिनामा

जसपा मधेश प्रदेश कमिटिमा भाँडभैलो, समायोजन पुर्व नै मुख्यसचिवको राजिनामा

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) को मधेश प्रदेश समिति (प्रदेश २) गठनमा भाँडभैलो सुरु भएको छ। समितिको अध्यक्षमा पुनः विजय कुमार यादव अध्यक्ष चयन भएका छन् । तर, पार्टीको ठुलो हिस्सा असन्तुष्ट छ।

यादवलाई अध्यक्ष बन्नबाट रोक्न मुख्यमन्त्री लालबाबु राउतले ठुलै प्रयास गरेका थिए। तर, उनी सफल हुन नसकेपछि यादव दोस्रो पटकका लागि अध्यक्षमा चयन भएका हुन । 

तत्कालीन राजपा र समाजवादीको समायोजन पश्चात जसपा मधेस प्रदेश समितिको अध्यक्षमा यादव चयन भएका हुन् । धनुषाको लक्ष्मीनियामा पार्टी अध्यक्ष उपेन्द्र यादवको प्रमुख अतिथ्यमा बसेको प्रदेश समिति बैठकबाट यादवको अध्यक्षतामा १ सय ५१ सदस्यीय समिति चयन गरिएको छ ।

प्रदेश २ का कृषि मन्त्री समेत रहेका यादवलाई अध्यक्ष बनाएपनि अन्य पदाधिकारी चयन गरिएको छैन् । अन्य पदाधिकारी पछि चयन गरिने वताईएको छ। जानकारी अनुसार पूर्व राजपाका ५० जनालाई राखिएको छ ।

अगामी कात्तिक १५ मा पदाधिकारी चयन गरिने बताइएको छ । संगठनमा समायोजन पुर्व नै ठुलो असन्तुष्टी देखिएको छ। समितिको मुख्य सचिव रहेका शम्भु झाले आईतवार सामाजिक सञ्चालवाटै राजिनामा दिएका थिए ।

उनको फेसवुक स्ट्याटसमा नेताहरुप्रति तिव्र असन्तुष्टी र ब्यंग्य छ। ‘म जनता समाजवादी पार्टी मधेस प्रदेश समितिको मुख्यसचिव भएर विगत ५ वर्ष २ महिना देखि काम गरे। मेरो योग्यता र क्षमता भन्दा ठुलो पद मैले पाएँ। म आफ्नो कार्यकालका प्रदेश अध्यक्षद्वय आदरणीय रेणु यादव र आदरणीय विजय यादव प्रति आभार ब्यक्त गर्दछु’ उनले लेखेका छन्–‘म अन्य कुनै पनि राजनीतिक पार्टीमा जाँदिन। यस पार्टीमा काम गर्ने मेरो योग्यता र क्षमता नभएकोले आजको मिति देखि म जसपाको प्रदेश मुख्यसचिव लगायत पार्टीको सम्पुर्ण जिम्मेवारी वाट राजीनामा दिएको कुरा आदरणीय राष्ट्रीय अध्यक्ष तथा प्रदेश अध्यक्षलाई यसै मार्फत जानकारी गराऊन चाहन्छु।’

समायोजन अगाडी नै राजिनामा दिएका उनलाई समितिमा राखिएको छैन ।

जसपा मधेश प्रदेश समिति

विशेष