News

मोरङमा सिटिजन्स बैंक लुट्ने प्रयासः लुटेरा पक्राउ, गोली लागेर २ घाईते

मोरङमा सिटिजन्स बैंक लुट्ने प्रयासः लुटेरा पक्राउ, गोली लागेर २ घाईते

मोरङको धनपालथान गाउँपालिका कर्सियामा सिटिजन्स बैंक लुट्ने प्रयास गरिएको छ। वैंक लुट्न खोज्ने लुटेराहको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

दुई जना भारतीयसहित तीन जनालाई प्रहरीले नेपाल भारत सीमा नाका मोरङको धनपालनथा गाउँपालिका २ खैरवनावाट सोमबार पक्राउ गरेको हो । पक्राउ परेका नेपाली नागरिक विराटनगर घर भएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुको नाम प्रहरीले अहिले गोप्य राखेको छ । उनीहरूलाई अहिले इलका प्रहरी कार्यालय रंगेलीमा राखेर अनुसन्धान सुरू गरेको छ ।

सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोजेका थिए। त्यसक्रममा गार्डलाई लुटेरा समूहले चलाएको गोली लागेको छ ।

उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गर्ने क्रममा प्रहरीले पनि गोली चलाएको छ । पक्राउ परेकामध्ये एक जनाको तीघ्रामा गोली लागेको प्रहरीले जनाएको छ।

गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जर्नादन जिसी, डिएसपी मन्जिल मुकारूङ घटनास्थलमा पुगेका थिए। 

बैंक लुट्ने प्रयास

विशेष