News राजनीति

सत्ताधारी गठबन्धन ६ दलिय भयोः नेम्वाङ

सत्ताधारी गठबन्धन ६ दलिय भयोः नेम्वाङ

नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सर्वोच्च अदालत थपिएपछि सत्ताधारी गठबन्धन ६ दलको भएको टिप्पणी गरेका छन् ।

राप्रपा नेता चन्द्रबहादुर गुरुङको स्मृतिमा सोमबार काठमाडौंमा आयोजित स्मृति सभा तथा प्रतिष्ठानको स्थापना दिवसको अवसरमा बोल्दै उनले अहिलेको सत्ताधारी गठबन्धन ५ दल र सर्वोच्च अदालतसहितको भएको बताए।

‘५ दलको गठबन्धन भन्ने गरिए पनि छैटौं थपिएको प्रमाणित भएको छ’ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटावाट मन्त्री भएका गजेन्द्रवहादुर हमालतर्फ संकेत गर्दै उनले भने,–‘तीन दिन मन्त्री भएर राजीनामा दिएकोले गठबन्धन सरकारमा छैटौं दल समावेश भएको पुष्टि भएको छ।’

प्रधानन्यायाधिस जबराले मन्त्रालयमा भाग खोजेको भन्दै अगाडिदेखि नै भएको हल्ला सत्य सावित भएको उनले दावी गरे । ‘५ दलको गठबन्धन छ भनियो, फेरि अर्को छैटौं थपियो रे भन्ने चर्चा र हल्ला छ, त्यो छैटौं पक्षबाट मन्त्री पनि हुनुभयो, तीन दिनमा राजीनामा पनि दिनुभयो’ उनले भने–‘कुरा त साँच्चै रहेछ। यस्ता यस्ता इस्यु उठेको सन्दर्भमा दल र नागरिक समाजले व्यापक छलफल गर्नुपर्छ।’
 

सुवासचन्द्र नेम्वाङ

विशेष