News देश

खगेन्द्र संग्रौलालाई प्रश्नः देशलाइ नाकाबन्दी गराउने तपाइलाई जेल किन नहाल्ने? 

खगेन्द्र संग्रौलालाई प्रश्नः देशलाइ नाकाबन्दी गराउने तपाइलाई जेल किन नहाल्ने? 

गणतन्त्र विरोधी कुरा गर्नेलाई जेल हाल्नु पर्ने अभिब्यक्ति दिएपछि लेखक खगेन्द्र संग्रौला विवादमा परेका छन् । संग्रौलाले संविधान प्रदत्त ‘वाक स्वतन्त्रता’ माथि धावा वोलेको र अंकुश लगाउन अभिप्रेरित गरेको भन्दै उनको आलोचना भईरहेको छ। उनको आलोचना गर्नेहरुमा केही राजावादी समेत छन् ।

संग्रौलाले ट्वीटर मार्फत ‘राजतन्त्र फर्किने भो’ भनेर भन्नेहरुलाई हतकडी–नेल लगाएर गोलघरमा थुने आफै तह लाग्छन भन्दै अभिब्यक्ति दिएका थिए । उनले लेखेका छन्–‘गणतन्त्र, सहस्र जनको जेलनेल र बलिदानबाट आएको हो। राजावादी एकाध हजार जन सडकमा ओरालेर सोच्छन– अब राजतन्त्र फर्किने भो! पशुपति, प्रकाश, कमल, केशरलाई हतकडी–नेल लाएर गोलघरमा थुने नौनाडी गलेर भन्लान–ख्वामित्, फुक्का हुन पाऊँ, आइन्दा राजा चाहियो भन्दिनँ। बस्,अनि आउँछ यिनको राजतन्त्र!’

संग्रौलाको यो ट्वीटसँगै उनलाई गालि गर्नेको ओईरो लागेको छ। राजेश भन्डारी नाममा ट्वीटर प्रयोगकर्ताले संग्रौलालाई ‘लोकतन्त्रमा मान्छेको वोल्न पाउने अधिकारमा वन्देज लगाएर जेलनेल हाल्न पाईन्छ?’ भन्दै प्रश्न गरेका छन् । उनले लेखेका छन्–‘कि गणतन्त्रमा दुतावासका एजेन्टहरुलाइ मात्र बोल्ने अधिकार हुन्छ हो? माइतिघरमा उभिएर बिरोध गर्ने ठेक्का तपाइहरूको मात्र हो? सिमानामा बसेर  देशलाइ नाकाबन्दी गर्ने तपाइलाई जेल किन नहाल्ने?’

प्रताप विकाश (मूला पार्टी) नामको ट्वीटरवाट संग्रौलालाई दलालको संज्ञा दिईएको छ। ‘काका त्यसरी ठूला कुरा नगर्नुस्। तपाईहरू जस्तो दोग्लाहरूले जे भने त्यही आउँछ भन्ने सोच्नुहुन्छ भने त्यो अब गलत हुन्छ काका। तपाईहरू अब युरोमा लाग्नु भयो। तपाईहरूको गणतन्त्र युरोमा मात्रै होइन्, डलर, भारू र रियालमा बिक्रि हुन थालिसक्यो। कसरी बचाउनु होला र खै!’ अगाडि लेखिएको छ–‘काका तपाईले सडकमा ओर्लेको राजाबादीहरू र तपाईका युरोबादी र डलर, भारूबादीहरू भ्रष्ट, दलालहरूको सत्ता टिकाउन सडकमा ओर्लेका भाडाका टट्टुहरु जस्तै हुन्। यि सडकमा ओर्लेकाहरूले न दलाल, भ्रष्टहरूको सत्ता टिकाउन सक्छन् न राजालाई नै ल्याउन सक्छन्। काका जस्ले बचाउन सक्छ र ल्याउन सक्छ तिनीहरूले समयको लेखाजोखा गरेकाछन्।’

पुरुसोत्तम मुडभरीले महिमा वर्णन गरेर मात्र अहिलेको ब्यवस्था नटिक्ने भन्दै संविधानले दिएको अधिकारमा वन्देश लगाउन नहुने सुझाव दिएका छन् । ‘कस्तो कुहिएको सोच, उनिहरुले मन पराएको राजतन्त्र उनिहरुले चाहदैमा आउने होईन। आम जनताले नचाहिकन। तर, उनिहरुलाई हामीलाई अहिलेको व्यवस्था मन परेन राजतन्त्र चाहिन्छ भन्न पाउने अधिकार संबिधानले दिएको छ भन्ने नबिर्सनुस। महिमा मण्डन मात्र गरेर अहिलेको व्यवस्था टिक्दैन।’– उनले लेखेका छन्।

यसैगरी डा. सुदर्शन धितालले ‘हामी सवै जनता जो ०४६ सालमा कांग्रेस÷कम्युनिस्टलाइ साथ दिएका थियौं, अब तिम्रा विदेशी ख्वामितले भिराई दिएको गाणतन्त्रबाट दिक्क भै सक्यौं । हे दुर्बुद्धे!, ०४६ सालमा पञ्चेमण्डलेहरूले पनि हामीलाइ ‘मुठ्ठी भरका’भन्थे। पछी के भो थाहै छ। जनताको शक्तिलाई कम आँक्नेहरूले भाग्ने ठाउँ खोज’ भनेर लेखेका छन भने डिआर (डिकेआर११९७२) ले ‘लोकतन्त्रको दुहाई दिनेले विवादित इस्युमा जनमत संग्रह गर्ने वकालत गरन, अनि तिमी महान लोकतन्त्रवादी भनौला ! आवाज माथी डन्डा बर्साउने सोच पो आयो ? हैट, लोकतन्त्रका हिमायती भनौदा काकाको दिमागमा त जुका पो पसेछन हउ।’


यस्तै, डा. गोथेले ‘कसैले आफ्नो बिचार व्यक्त गरेकै आधारमा हत्कडी लगाएर जेल हाल्न पाइन्छ ट्वाकेन्द्र महोदय? हिंसात्मक गतिविधि गर्नेलाई चै ढाडस दिने तर आफ्नो बिचार राख्नेलाई चै जेल हाल्ने कुरा गरेको देख्दा उपचारको खाचो देखे है मैले त’ भन्दै आलोचना गरेका छन भने मणिराज सत्यालले ‘राजावादीले राजसंस्था फर्काउने होइन ! तिम्रा दिल्लिका मालिक युरोपियन युनियनका पनि मालीक –तिम्रा ख्वामीत विश्वको शिरमा अवस्थित कैलाश पुजारी ज्ञानेन्द्रलाई तिमिहरुले नै फर्काउने छौ ! हेर्दै जाउ ! तिमिहरु ले नै नागर्जुनबाट ! यो हामी यो राजभक्तले महसुस गरेको सत्यता  हो !’ भनेका छन् ।


उद्धव खनाल नामका ट्वीटर प्रयोगकर्ताले फरक विचार राख्ने नपाउने राणा शासन वा पञ्चायत होईन भन्दै संग्रौलालाई सचेत गराएका छन् । उनले लेखेका छन्–‘फरक विचार राख्नै नपाउने राणा शासन वा पन्चायत हैन। शान्तिपुर्ण ढङ्गले राजावादीहरुले राजतन्त्रको वकालत गर्न पाउँछन्। जनतालाई मनाएर २/३ सिट जितेर राजतन्त्र पुनःस्थापना गर्न सक्छ्न। फरक विचारलाई स्पेस नदिने भए त्यो व्यवस्था लोकतन्त्र हुँदैन।’

यस्तै दिपेश पौड्यालले ‘तिम्रो बलिदान र तिम्राका बलिदान कति थियो भनेर तिम्रो पारीका स्वामीहरुले दर्जनौं किताबहरू लेखिसकेका छन्। तिमी जस्ता आयातित परिवर्तनका कुरुप अनुहारहरुले देशलाई यो बिस बर्षमा सयौं काल पछाडि धकेलिसकेको चेतना भया’ भनेका छन् भने कृष्ण न्यौपानेले ‘ट्वाकेन्द्र बाजे, राजावादीलाई एकाध हजार भनेर हियाउने काम नगर। बुढा राप्रपाको कुरा छोड्देऊ, युवा पुस्तामा राजाप्रति मोह बढ्दैछ । हजारौं छोटेराजा पाल्नु भन्दा एउटा राजा पाल्नु सहजै हुन्छ। इन्डो–पश्चिमाका खेतालाले मुलुक लुटेनन् मात्रै, धर्मसस्कृती, जातजाति बिचको मेल, राष्ट्रियता नष्ट गरे।’

यस्तै सुजन वगालेले संग्रौलालाई जेल जान तयार भएर वस्ने चेतावनी दिएका छन् । ‘तिमी जेल जान तयार भएर बस, गणतन्त्रका नाममा देशको संस्कृति मास्ने, भ्रस्टाचार गर्ने, बिदेशीका भरिया बनेर अस्थिरता फैलाउने, देशलाई दलदलमा हाल्ने तिमिजस्ताहरुले हो ख्वामित मलाई छाडिदिनु भन्ने। तर तिमिहरुलाइ माफी दिइने छैन।’ उनले लेखेका छन् ।

प्रताप रानाले ‘राजा कुनै पार्ट विशेषको हुदैन हेक्का राखनुहोस, तपाईं जस्तो बागे लेखकलाई के भन्ने । तपाईं संसारका कति देश जानू भाछ ? पहिला को देशको मान–समान  र अहिलेका तिम्रा बिदेशीका दलालका सरकारमा कति फरक पाउनु भाछ ? तिम्रो मनले थाहा होला।’ भनेका छन् भने धनबहादुर खत्रीले ‘होइन यो बुढो ले के चाहिँ देखेछ उस्का फुटेका आखाले ? गडतन्त्रले कति बिकाश, रोजगार, कुटनैतिक सन्तुलनको अवस्था, उद्योगहरूको निर्माण, सामाजिक सन्तुलन, धार्मिक शैद्धान्तिक, आर्थिक, बैचारिक र राजनैतिक के बिकास वा राम्रो भो ? राजाहरूमा त यस्तो घटीया हर्कत हुने थिएन। बिकास त्यहीँ छ जाहाँ महेन्द्रले छोडे।’ भनेर लेखेका छन् ।

खगेन्द्र संग्रौला

विशेष