News राजनीति

प्रचण्डको प्रस्तावमा वावुरामको ठाडो असहमतिः एक ठाउँ होईन, नयाँ ठाउँ वनाउँ

प्रचण्डको प्रस्तावमा वावुरामको ठाडो असहमतिः एक ठाउँ होईन, नयाँ ठाउँ वनाउँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भित्तामा पुर्याउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको अमुर्त प्रस्ताव जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष वावुराम भट्टराईले ठाउँको ठाउँ अस्विकार गरेका छन् ।

प्रचण्डले ओली प्रवृत्तिको अन्त्य गर्न कम्युनिष्टहरुको वृहत मोर्चा वनाउने प्रस्ताव धेरै अघिदेखि गर्दै आएका छन् । शुक्रवार पनि उनले यहि प्रस्तावलाई घुमारो रुपमा प्रस्तुत गरे। तर, नेता भट्टराईले उनको कुरालाई तत्कालै अस्विकार गरेका छन् ।
 
शुक्रबार कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपि’ गीतिसंग्रह विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई भ्रष्टीकरण र विसर्जित गर्ने षड्यन्त्र भइरहेको भन्दै त्यसका विरुद्ध पूर्वमाओवादीहरू एक ठाउँमा उभिनु पर्ने वताए ।

तर भट्टराईले तत्कालै उक्त प्रस्तावमा असहमति जनाउँदै त्यो प्रस्तावलाई ‘भावनात्मक कुरा’ भन्दै पन्साई दिए । उनले त्यसको सट्टा नयाँ विचार र संगठनको आवश्यकता रहेको औँल्याए । डा. भट्टराईले पूर्व माओवादीहरू एकै ठाउँमा नभई नयाँ ठाउँमा आवद्ध हुनुपर्ने वताए ।

केपी शर्मा ओलीले गरेको प्रतिगमन परास्त भएपनि प्रतिगमनको नयाँ संस्करण आउनसक्ने तर्फ सचेत हुनुपर्ने भट्टराईको भनाई छ। अर्ली इलेक्शनको नाममा पुनः कांग्रेस र एमालेलाई अगाडि ल्याउने र माओवादीलगायतका मधेश जनजाति आन्दोलनबाट आएको उपलब्धीलाई उल्ट्याउने प्रयत्न भइरहेको पनि उनले टिप्पणी गरे ।

पुस्पकमल दाहाल ‘प्रचण्ड’ वावुराम भट्टराई

विशेष