News राजनीति

अन्ततः जुर्यो डोवाटेलाई मन्त्री वन्ने साईत, ५ वजे सपथ

अन्ततः जुर्यो डोवाटेलाई मन्त्री वन्ने साईत, ५ वजे सपथ

अघिल्लो पटक अन्तिम समयमा सुचिवाट हटाईएका गण्डकी प्रदेशमा डोबाटे विक यस पटक मन्त्री बन्ने भएका छन् । यसअघि उनको नाम कटाएर व्यवसायी विन्दुकुमार थापालाई मन्त्री बनाइएपछि कांग्रेसको आलोचना भएको थियो । डोबाटे सपथ लिन हिँडेर पनि बाटैबाट फर्किएका थिए ।

विकलाई तत्कालका लागि विनाविभागीय मन्त्री बनाउने र पछि जिम्मेवारी तोक्ने सहमति भएको जनाईएको छ। उनले आजै ५ बजे सपथ लिनेछन् । विक वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन् । गण्डकी प्रदेश सभामा देउवा समूहको बहुमत छ ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा भएको बेला गण्डकी प्रदेशका नेताहरुसँग छलफल गरेर विकलाई पनि मन्त्री बनाउने सहमति भएको जनाईएको छ। 

डोबाटेलाई मन्त्री बनाउने विषयमा केही दिनअघि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले र देउवासँग काठमाडौंमा छलफल भएको थियो।  यसअघि विकको नाम पक्का भइसकेपछि देउवा समूहका विन्दुकुमार थापा, मेखलाल श्रेष्ठ र मणिभद्र शर्माको नाम टुंगो लगाइएको थियो । 

विक अब मन्त्री बनेपछि गण्डकी प्रदेशको मन्त्रिपरिषद १२ सदस्यीय बन्ने छ । ६० सदस्यीय प्रदेश सभामा १२ मन्त्रालय बनाउन सकिने संवैधानिक व्यवस्था छ । ७ मन्त्रालय रहेको गण्डकीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ११ पुर्याउने ओएनएम गरेका थिए । 

गृह मन्त्रालय अहिले मुख्यमन्त्री आफैंले राखेका छन् । गृह वा भौतिक पाउने गरी आफूलाई जिम्मेवारी दिन थापाले देउवालाई आग्रह गरेका छन् । तर, भौतिक मन्त्री कुमार खड्का यसमा सहमत छैनन् ।

यही विषयमा देउवाले खड्का र थापालाई राष्ट्र बैंक चोकस्थित अतिथि गृहमा बोलाएर छलफल गरेका थिए । सो क्रममा देउवासँग खड्काले थापासँग आफ्नो कुनै प्रतिस्पर्धा नरहेको र सरकार गठन हुँदा जसपालाई समेत आफूले मिलाएको बताएका थिए ।

कास्कीमा पछिल्लो समय खड्का र थापाबीच किचलो छ । उनीहरू एउटै निर्वाचन क्षेत्रका हुन् । 

गण्डकी प्रदेश डोबाटे विक

विशेष