News राजनीति

रामचन्द्रले खोजे इमान्दार साथी– जनताको मन जितेर राजनीति गर्ने

रामचन्द्रले खोजे इमान्दार साथी– जनताको मन जितेर राजनीति गर्ने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निष्ठा र इमान्दार व्यक्तिका हातमा नेतृत्व आउनुपर्ने बताएका छन् ।

कांग्रेस भरतपुर महानगरपालिका–१० ले आज चितवनमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले पछिल्ला समय निष्ठाको राजनीति हराउँदै गएकामा चिन्ता व्यक्त गरे ।

’म सबै इमान्दार साथी एकठाउँमा उभिन आग्रह गर्दछु । जनताको मन जितेर राजनीति गर्नुपर्छ,’ पौडेलले भने । पार्टीको तलदेखि माथिसम्म निष्ठा र इमान्दार व्यक्तिले नेतृत्व गरेर नयाँस्वरुप दिनुपर्नेमा उनको जोड थियो ।

सो अवसरमा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टीको निर्वाचनसँगै तीनै तहको निर्वाचन हुने भएकाले आन्तरिक निर्वाचनको प्रभाव नपर्ने गरी प्रतिस्पर्धामा उत्रनुपर्ने बताए । 
 

रामचन्द्र पौडेल

विशेष