News

ज्वाइँ – ससुरा श्रीमानहरुको बदनाम गराउने अदालत भित्रै यस्तो षड्यन्त्र !

ज्वाइँ – ससुरा श्रीमानहरुको बदनाम गराउने अदालत भित्रै यस्तो षड्यन्त्र !

प्रधानन्यायाधिस चोलेन्द्रशम्शेर जबरासँगको सम्वन्धलाई जोडेर चर्को विवाद भएपछि शुक्रवार (२२ असोज) मात्रै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त भएका गजेन्द्रबहादुर हमालले आईतवार (२४ असोजमा) पदबाट राजीनामा दिए। 

आफ्नो नियुक्तिलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठेको र त्यसरी प्रश्न उठिरहेको अवस्थामा पदमा बसिरहन उपयुक्त नठानेर राजीनामा दिएको हमालले राजीनामा पत्रमा उल्लेख गरेका छन् । प्रधानमन्त्री शेरवहादुर देउवा र गठवन्धनमा रहेका दलले हमालको नियुक्ती कांग्रेसकै कोटावाट भएको स्पष्टिकरण दिएपनि विवाद नरोकिएपछि उनले नैतिकक्ता देखाएर राजिनामा दिए। 

स्रोतका अनुसार सुरुवातमा चोलेन्द्रले नै हमाललाई मन्त्री वनाउन खोजेका थिए । तर, मन्त्री नवन्दै विवाद सुरु भएपछि उनी पछि हटे। चोलेन्द्रको यहि प्रयासलाई सत्ता गठवन्धनका दलले दुरुपयोग गरेको पाईएको छ। माधव नेपालसहित १४ जना सांसदको पद धरापमै रहेको र अदालतको फैसला आउन समेत बाँकी रहेको बेला प्रधानन्याधीश राणालाई खुसी पारेर सांसद पद जोगाउने रणनीति अनुसार हमाल र जबराको नाम जोडिएको जानकारहरु वताउँछन् ।

राणालाई खुसी पार्न मन्त्रीमा कोटा छुटयाएर न्यायालयको साख ध्वस्त बनाउने र विधिको शासनको खिल्ली उडाउने काम देउवा, प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवहरुले गरेको जानकारहरु वताउँछन ।

प्रधानन्यायाधीश राणा आफु थप विवादमा पर्ने र महाअभियोगसम्मका प्रक्रिया अघि बढ्न सक्ने त्रासले आफ्नो कोटामा मन्त्री बनाउने सुरुको चाहनाबाट पछि हटेका थिए । तर माधव नेपाल र प्रचण्डले प्रधानन्यायाधीशलाई सन्तुष्ट नपारी न्यायालयलाई आफ्नो पक्षमा फैसला आउने बनाउन नसकिने भन्दै देउवा समक्ष दबाब दिएका थिए । बाहिर भने प्रधानन्यायधीश राणाले नै अन्तिम समयसम्म पनि दुईवटा मन्त्रालय मागेको भन्दै बदनाम गराउने कोसिस गरेको वताईन्छ।

संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको आआफ्नै जिम्मेवारी तोकेको छ। शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप स्वतन्त्र न्यायपालिकाको व्यवस्था संविधानमा छ। तर, हमाल–जवरा प्रकरणले न्यायपालिकामाथि प्रश्न उठाउँदै अभिव्यक्तिहरू आए। सर्वोच्च अदालतले गरेका फैसलामाथि कहिलेकाहीं आलोचना हुने गरेका थिए। प्रधानन्यायाधीश, न्यायाधीशका विषयलाई लिएर पनि आलोचना नभएका होइनन्। तर, अहिलेसम्म न्यायपालिकालाई कार्यपालिकासँग जोडेर यसरी टीकाटिप्पणी भएका थिएनन्। न्यायपालिकामाथि बेला बेलामा प्रश्न उठ्ने गरे पनि यो पटक भने न्यायापालिका निकै आलोचित भयो।

समग्रमा न्यायपालिकालाई वदनाम गराउन गठवन्धनका नेताहरु नै प्रयोग भएका छन् । तर, यसको भित्री योजनाकार भने केही पूर्वप्रधानन्यायाधिश, वहालवाला न्यायाधिश र वरिष्ठ अधिवक्ताहरु रहेको स्रोतको दावी छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई जेठान गजेन्द्र हमाल तथा वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीलाई भदैनी ज्वाईं उज्वल शुक्लाको नाम जोडेर वदनाम गराउने खेल चलिरहेको स्रोत वताउँछ।

दुवैलाई यही प्रकरणमा वदनाम गरेर न्यायालयबाट विदाई गर्ने प्रपञ्च अनुसार अहिले उच्च अदालतका न्यायाधिश उज्वल शुक्लाको नाम पनि हल्लाका रुपमा अगाडि ल्याईएको वताईन्छ। वरिष्ठ न्यायाधीश कार्कीले आफु न्याय परिषदमा रहेर उच्च अदालतमा शुक्लाको नियुक्ति गराएको आरोपहरु वाहिर आउन थालेको स्रोतले जनाएको छ।

हक कार्की नामका फेसवुक प्रयोग गर्दाले कार्की र शुक्लाको नाम जोडेर फेसवुकमा फोटोसहितको स्ट्यास पनि लेखेका छन् । ‘संलग्न तस्विरले वरिष्ठतम न्यायाधीश र चण्डेश्वरको फर्ममा तत्काल काम गर्ने वकिल उज्ज्वल शुक्लाको नजदिकी नातालाई इगिंत गर्दछ’ उनले लेखेका छन्–‘न्यायिक स्वच्छताको दुहाइ दिने चण्डेश्वर र वरिष्ठतम न्यायाधीशले यो नियुक्तिमा के कती स्वच्छता कायम गरेका छन कुन्नि? आफ्नै नातेदारलाई आफै समेत वसी नियुक्ती सिफारिस गर्दा योग्य व्यक्तिलाई गरेकोले भागवन्डा गरेको नठहरिने त होला नी बरिष्ठ न्यायाधीज्यु! विधि, प्रकृया र स्वच्छता भाडमा जावस हैन त नेपाल बार अध्यक्ष एवं महासचिवज्यु ? राजीनामा कै लहर चल्दा संलग्न तस्विरसँग सरोकार राख्नेहरुले पनि नैतिकता कायम राख्ने कि?’

गजेन्द्रबहादुर हमाल चोलेन्द्रशम्शेर जबरा दीपककुमार कार्की

विशेष