News

मुगु दुर्घटनाका १४ जना घाईतेलाई नेपालगञ्ज लगियो, मृतकको संख्या २३ पुग्यो

मुगु दुर्घटनाका १४ जना घाईतेलाई नेपालगञ्ज लगियो, मृतकको संख्या २३ पुग्यो

मुगुमा मंगलबार भएको बस दुर्घटनामा घाइते भएका १४ जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये १२ जनालाई समिट एयरको विमानबाट र २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। घाइतेमध्ये एक जनालाई आफन्तले जिल्ला अस्पताल गमगढी लगेका छन् ।

सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना भएको थियो ।

दुर्घटनामा २३ जनाको मृत्यु भएको छ । बस सडकबाट साढे दुई सय मिटर तल खसेको थियो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार नेपालगञ्ज विमानस्थलमा ९ वटा एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ । हेलिकप्टर र जहाजमा ल्याइएका घाइतेहरूलाई ती एम्बुलेन्सले अस्पताल पु¥याउनेछ ।

यो पनि

मुगुमा यात्रु बस दुर्घटनाहुँदा २२ जनाको को मृत्यु
 

विशेष