News

२० दिन पैदल यात्रा गरेकी रुबी खानले प्रहरी हिरासतमै सुरु गरिन अनसन

२० दिन पैदल यात्रा गरेकी रुबी खानले प्रहरी हिरासतमै सुरु गरिन अनसन

न्यायका लागि नेपालगञ्जबाट काठमाडौंसम्म २० दिन पैदल यात्रा गरेकी महिला अगुवा रुबी खानले अहिले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षमा अनसन सुरु गरेकी छन्। नेपाल प्रहरीले भने रुबी कहाँ छिन भन्ने जानकारी नभएको अदालतलाई जानकारी गराएको छ।

सर्वोच्च अदालतले उनलाई बिहीबार उपस्थित गराउन आदेश दिएको छ। प्रहरीले गत शुक्रबार माइतीघर मण्डलबाट पक्राउ गरी रुबीलाई नेपालगञ्ज पठाएको थियो। उनको अवस्था अज्ञात रहेको भन्दै अधिवक्ता मोहना अन्सारीले रुबीका तर्फबाट वन्दिप्रत्यक्षीकरणको निवेदन दिएकी थिईन ।

निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले आगामी बिहीबार बिहान रुबीलाई अदालतमा उपस्थित गराउन आदेश दिएका हुन् । 

रुबीलाई शुक्रबार साँझ महानगरीय प्रहहरी वृत्त लौनचौरले पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिहंदरबारलाई बुझाएको थियो भने सिंहदरबार वृत्तले बाँके पठाइदिएको थियो । महानगरीय प्रहरी वृत्त लौनचौरले रुबी कहाँ छिन् भन्नेबारे आफूलाई जानकारी नभएको जवाफ सर्वोच्चलाई पठाएपछि सर्वोच्चले सिंहदरबार वृत्तलाई सोधेको थियो ।

मंगलबारको सुनुवाइपछि न्यायाधीश भट्टराईले बिहीबार बिहान ११ बजे अदालतमा उपस्थित गराउन र त्यसमाथि यो मुद्दामा सुनुवाइ नभएसम्मका लागि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतबाट अन्यत्र स्थानान्तरण नगर्न आदेश दिएका छन् ।

रुबी खान २० दिन पैदल यात्रा

विशेष