News

मुगु दुर्घटनामा ज्यान गुमाउनेको संख्या चालकसहित ३२ पुग्यो 

मुगु दुर्घटनामा ज्यान गुमाउनेको संख्या चालकसहित ३२ पुग्यो 

मुगुमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या चालकसहित ३२ पुगेको छ।

२४ जनाको घट्नास्थलमा, ४ जनाको उपचारका लागि लैजाँदै गर्दा वाटोमा र ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो।

घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन्। नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको प्रहरीले जानकारी दियो। घाइतेलाई हेलिकप्टर र हवाईजहाजमा राखेर उपचारका लागि नेपालगञ्ज लगिएको थियो।

एक जना बालिकाको भने जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको छ।

३ जना गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको बुझिएको छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले बताए।

गाडीमा ४९ जना सवार रहेको वताईएको छ। सुर्खेतबाट मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ छायानाथ रारा नगरपालिका–७ पिना झ्यारीखोलामा दुर्घटना भएको हो। 
 

विशेष