News राजनीति

प्रधानमन्त्री र प्रधानन्यायाधीशको गठबन्धनले लोकतन्त्र मास्ने काम गर्योः नेता कोईराला

प्रधानमन्त्री र प्रधानन्यायाधीशको गठबन्धनले लोकतन्त्र मास्ने काम गर्योः नेता कोईराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री र प्रधानन्यायाधीशको गठबन्धनले लोकतन्त्र मास्ने काम गरेको आरोप लगाएका छन् ।

विराटनगर– ४ इक्राहीमा मंगलबार नोना कोइराला स्मृति प्रतिष्ठान नेपालको भवन उद्घाटन गर्दै कांग्रेसका केन्द्रीय सदस्य कोइरालाले मिलेर मन्त्री नियुक्त गर्नु नै लोकतन्त्र मास्ने बाटो भएको टिप्पणी गरे।

उद्योग वाणिज्य तथा आपूति मन्त्री गजेन्द्रबहादुर हमालले मन्त्री नियुक्तको विवादमा नैतिकता प्रस्तुत गर्दै राजिनामा दिए झैं कांग्रेस सभापति एवम प्रधानमन्त्री शेरवहादुर देउवाले नैतिक्ता देखाउनु पर्ने वताए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डा. नारायण कुमारले प्रतिष्ठानले सामाजिक, स्वास्थ्य र पत्रकारिता क्षेत्रलाई योगदान दिने उद्देश्य राखेको बताए। जापानी दूतावासको करिब १२ लाख रुपैयाँको सहयोगमा भवन निर्माण गरिएको बताएका डा. नारायण कुमारले भवनको क्षेत्रफल ६ हजार स्क्वायर फिटभन्दा बढी रहेको जानकारी दिए।

२०७४ सालमा शिलान्यास गरिएको भवन निर्माण कार्य बाढीका कारण केही समय अवरुद्ध भएको उनले बताए। 
 

विशेष