News विदेश राजनीति

अफगानिस्तानको विद्ययुतीय निकायले बिजुलीको ऋण तीर्न सम्पत्ति ब्रिकी गर्दै 

अफगानिस्तानको विद्ययुतीय निकायले बिजुलीको ऋण तीर्न सम्पत्ति ब्रिकी गर्दै 

काबुल । अफगानिस्तानको विद्ययुतीय निकाय डी अफगानिस्तान ब्रेश्ना शेरकट (डीएबीएस) ले बिजुलीको ऋण भुक्तान गर्नका लागि सम्पत्ति बिक्री गर्ने निर्णय गरेको छ। अफगानिस्तनले एसियाली मुलुकहरुमा मात्र ६२ मिलियन अमेरिकी डलर बिल भुक्तान गर्न बाँकी रहेको छ। 

डीएबीएएसको निर्णय अनुसार बिल भुक्तान नगरेका पूर्व अधिकारीहरु र राजनीतिहरुको घरहरु ब्रिकी गरिने भएका हुन्। लामो समयसम्म बिजुलीको बिल भुक्तान नगरेको कम्पनी, पूर्वअधिकारी र राजनीतिज्ञहरुको घर तथा सम्पत्ति लिलाम गरिने जनाइएको छ। 

डीएबीएएसका कार्यवाहक प्रमुख सफीउल्लाह अहमदजाईले उक्त योजना तत्काल लागु गर्ने बिजुली कटौतीलाई रोक्नका लागि आग्रह गर्ने र बक्यौता रहेको बिल भुक्तान गरिने बताएका हुन्। 

अहमदजाईले बिजुली आयात गर्ने मुलुकहरुसँग कुराकानी गरिरहेको बताएका छन्। उनीहरुले बिल भुक्तान गर्ने सुनिश्चितता भए बिजुली कटौती नगर्ने आश्वासन दिएको बताएका छन्। जाडोको मौसम नजिकिँदै गर्दा मध्य एसियाली देशहरुबाट बिजुली कटौतीको रिपोर्ट आएपछि यो निर्णय लिइएको हो।

अफगानिस्तानले ईरान, ताजिकिस्तान र उज्बेकिस्तानबाट ८० प्रतिशत बिजुली आयात गर्दछ र बाँकी आन्तरिक उत्पादन गरीरहेको छ।

विशेष