तातोपानी नाकामा मेयरको संलग्नतामा खुलेआम सुन तस्करी
कोरोनाको वहानामा चाईनाले सुरु गरेको अघोषित नाकावन्दीका नेपाली ब्यापारी/ब्यवासयी र उपभोक्तासँगै नाका आसपासका स्थानीय वासिन्दा समेत विचल्लीमा छन् । सन २०१९ को डिसेम्वरमा चाईनामा कोरोना पुष्टि भए लगत्तैदेखि (करिव २ वर्ष) केरुङ र तातोपानी नाका ठप्प छ।
नाकावन्दिका कारण सवारी साधन र मानिसको आवत–जावत प्रभावित भएपछि ढुवानी ब्यवसायमा हात हालेका स्थानीयवासी, होटल/लज सञ्चालक तथा श्रम वेचेर गुजारा गर्दै आएका हजारौं सर्वसाधारणको विचल्ली भएको छ ।
तर, कालो धन्दा गर्नेहरुका लागि भने यो नाका स्वर्ग झै भएको छ। नाकावन्दिपछि यी नाका भएर सिल्क ट्रान्स्फोर्टका गाडीहरू मात्र सञ्चालनमा छन। जस्ले नेपालवाट हरियो लगेर पहेलो भित्र्याउने काम गर्छ। सिल्क ट्रान्सपोर्टले सामान ढुवानीको नाममा सुनतस्करी गर्ने गरेको स्थानीयहरुकै आरोप छ।
स्थानीयहरुका अनुसार सिल्क ट्रान्सपोर्टका मालिक रमेश शेर्पाले सुन तस्करी गर्ने गरेको लामो समय वितेको छ। तर, स्थानीय प्रशासन र सम्वन्धित निकालयले कुनै कारवाही गरेको छैन। वरु, स्थानीय जनप्रतिनिधि र प्रहरी/प्रशासनका कतिपय अधिकारी नै शेर्पाको कालोधन्दामा संलग्न भएको पाईएको छ । ‘उनको धन्दा भनेकै यतावाट हरियो लाने, उतावाट पहेंलो ल्याउने हो’ एक स्थानीयवासी भन्छन–‘यति कुरा त वच्चा–वुढा सवैलाई थाहा छ।’
रमेश शर्पाको सुन तस्करीमा बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाको पनि साथ रहेको स्थानीयहरु आरोप लगाउँछन् । मेयर शेर्पा र सिल्कका संचालक रमेश मामा–भान्जा हुन् । दुवै जना मिलेर खुलेआम सुन भित्र्याउने गरेको उनीहरुको आरोप छ। निमफुन्जो स्थानीय चुनाव लड्दा आर्थिक पाटो रमेशले नै जिम्मा लिएका थिए । चुनावका लागि उनले निमफुन्जोलाई ३ करोड रुपैयाँ र एउटा हाईलक्स गाडि उपलब्ध गराएको चर्चा छ ।
मेयर नै सुन तस्करीमा लागेको भन्दै स्थानीयहरु आक्रोसित छन। ‘चीन जोड्ने काठमाडौ–कोदारी र रसुवा–काठण्माडौं सडक सरकारले सिल्क ट्रान्स्पोर्टका लागि सुन तस्करी गर्न मात्र बनाएको हो?’ भन्दै उनीहरुले प्रश्न गर्न थालेका छन् ।
चीनको नाकावन्दीका कारण आफनो रोजगारी गुमेको तर सिल्क ट्रान्सपोर्टले तस्कर गर्न छुटपाएका कारण उनीहरु पीडामा छन् । त्यसमाथि सामान पनि महँगोमा किन्नु पर्दा उनीहरुको आक्रोश वढ्दै गएको छ।
शेर्पाको सिल्क ट्रान्सपोर्ट आफैं पनि विवादित छ। सिल्कले भन्सार कर्मचारीहरुलाई प्रभावमा पार्ने गरेको त्यस क्षेत्रका जानकारहरु वताउँछन् । चीनबाट नेपाल आउने समानमा सिल्क ट्रान्सपोर्टको एकाधिकार छ। सिल्क ट्रान्सपोर्टले चीनको मुसा लजिस्टिकसँग सामान आयातको सम्झौता गरेको छ। हाल रसुवागढि र तातोपानी भन्सारमा सिल्क ट्रान्सपोर्ट र मुसाले मात्रै सामान ओसार–पसार गरिरहेका छन् ।
सिल्क ट्रान्सपोर्टको एकाधिकारले स्थानीय कन्टेनरहरू विस्थापित भए। समस्यामा परेपछि धेरै मानिसहरूले अति नै कम मूल्यमा कन्टेनर बेचेका छन्। सिल्कले सुख्खा बन्दरगाहमा सिधा कन्टेनर ल्याइरहेका कारण मानविय कार्य समेत वन्द छ। रोजगारी नपाएपछि स्थानीयवासी चिन्तित छन् ।
भन्सारलाई प्रभावमा पारेको र सुन तस्करी गरेको विषय रमेशले घुमाउरो पारामा स्विकार गर्छन। भन्सारलाई प्रभावमा पारेको आरोपमा उनी भन्छन्–‘सक्ने भए अरुले पनि प्रभावमा पारे भईगयो नी ।’ सुन तस्करी गरेको विषयमा भने उनले प्रमाण पेश गर्न चुनौती दिएका छन् । ‘आरोप लगाउनेहरु लगाउँदै गर्छन’ उनी भन्छन्–‘तर, आरोप लाएर मात्र भएन, प्रमाण चाहियो नी।’
सुन तस्करी अघोषित नाकावन्दी सिल्क ट्रान्सपोर्ट रमेश शेर्पा