News

मुगुमा वस दुर्घटनाः टायर पङचर भएर ३२ जनाको ज्यान गयो

मुगुमा वस दुर्घटनाः टायर पङचर भएर ३२ जनाको ज्यान गयो

मंगलवार मुगुको छायाँनाथ रारा नगरपालिका–७ पिना गाउँको खोलामा दुर्घटनामा परेको वसको टाएर पङचर भएको पाईएको छ। नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नंको यात्रुवाहक बसको सोही कारण दुर्घटनामा परेको जनाईएको छ।

दुर्घटना भएको बसको चालक बस्ने साइडतिरको टायर पङ्चर भई बस अनियन्त्रित हुँदा पाँच सय मिटर जति तल खसेको थियो । दुर्घटनामा ४६ जना यात्रु मध्ये ३२ जनाको ज्यान गएको छ।  १३ जना घाइतेको उपचार भईरहेको छ।

दुर्घटनामा परी मृत्यु र घाइते हुनेहरु दसैँ बिदामा घर आएका काठमाडौं लगायत अन्य सहरका कलेजमा अध्ययन गर्ने अधिकांश विद्यार्थी रहेका बताइएको छ ।

मृत्यु हुनेमा १८ पुरुष, ८ महिला र २ नबालक रहेका छन् भने चारजनाको सनाखत हुन बाँकी छ।

मृतक
छायाँनाथ रारा नगरपालिका–७ की १९ वर्षीया लग्ना सेजुवा
नाम नखुलेको सेजुवालको २ वर्षको छोरा
सोही वडाका अन्दाजी २० वर्षीया मनदेवी बम,
१८ वर्षीया पूजा बुढा,
सोही नगरपालिका–८ का ३३ वर्षीया प्यारी बिक,
सोही वडाका २२ वर्षीया सन्तोष बिटालु,
सो नगरपालिका–१२ का २२ वर्षीया छारा सावत,
अन्दाजी ३५ वर्षीय बस चालक दानबहादुर रावल,
सोही नगरपालिका–१० की २० वर्षीया सरिता खड्का,
वडा नं. १४ का २२ वर्षीय कर्णसिंह बुढा,
वडा नं. १ की २३ वर्षीया चन्द्रादेवी मल्ल,
वडा नं. ६ की रामामाया भाम
१८ वर्षीय उम्मर सावद
वडा नं ११ का २२ वर्षीय प्रकाश बुढा
सोही नगरपालिका– ५ का २९ वर्षीय अजय कार्की
सोही वडाकी ३२ वर्षीया कमला बिसी
वडा नं. १० का २२ वर्षीय सुनबहादुर विक
वडा नं. १४ का शिव बुढा
वडा नं. ७ का २१ वर्षीया अमृता शाही राना
उनका अन्दाजी ५ वर्षीय आयुश राना
वडा नं. १४ का २० वर्षीय रुपसिंह कार्की
वडा नं. ७ का २२ वर्षीय महेन्द्र शाही
सोरु गााउँपालिका–३ का मनरुप कुमाई
बाँके जिल्ला राँझाका हाल गमगगढी बसोबास गर्ने २२ वर्षीय प्रदीप स्वर्णकार
छायाँनाथ रारा नगरपालिका–४ का १८ वर्षीय चन्द्रप्रकाश भाम
सोही नगरपालिका–७ का उमेर नखुलेका आदित्यविक्रम शाह
सोरु गाउँपालिका–८ का २३ वर्षीय आइतसिंह कामी
छाँयानाथ रारा नगरपालिका–८ का २८ वर्षीय टोपबहादुर बिष्ट

घाईते
छाँयानाथ रारा नगरपालिका–५ का अन्दाजी ३५ वर्षीय प्रेमबहादुर रावल
सोही नगरपालिका–१ का २१ वर्षीय शुक्रराज मल्ल
वडा नं. ८ का २१ वर्षीय रतनसिंह रावल
वडा नं. ७ का १८ वर्षीय शैलेन्द्र शाही
सोही वडाका २१ वर्षीय गणेशबहादुर रावल
वडा नं. १ की ९ वर्षीया सुस्मिता शाही
वडा नं. ८ कि २० वर्षीया सम्झना रावल
वडा नं. ११ की ३१ वर्षीया रेखा सावद
वडा नं. ५ का लक्ष्मीचन्द्रा रावल, १४ कि दन्ता बुढा
छाँयानाथ रारा नगरपालिका–१३ की ७ वर्षीय सुजता बम
वडा नं. ११ का हर्षबहादुर सावद
छाँयानाथ रारा नगरपालिका–३ की ६ वर्षीया भूमिका बुढा
 

विशेष