News राजनीति

गजेन्द्रबहादुर हमाल कांग्रेसकै कोटावाट मन्त्री भएका हुनः माधव नेपाल

गजेन्द्रबहादुर हमाल कांग्रेसकै कोटावाट मन्त्री भएका हुनः माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठवन्धनवाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री वनेका गजेन्द्रबहादुर हमाल कांग्रेसकै कोटावाट नियुक्त भएको दावी गरेका छन् ।

नेपाल आजसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले यस्तो दावी गरेका हुन । प्रधानन्यायाधिस चोलेन्द्रशम्शेर जबरासँग जोडेर हमाललाई अनावश्यक विवादमा तानिएको भन्दै उनले असन्तुष्टी पनि जनाए । हरेकको कसैन कसैसँग नाता सम्वन्ध हुने भन्दै उनले त्यसैलाई आधार वनाएर कसैको योग्यता मापन गर्न नहुने वताए ।

मन्त्रिपरिषद्मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’ मा हमाललाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएपछि उनले राजीनामा दिएका थिए । 

मन्त्री नियुक्त नहुँदै हमाललाई प्रधानन्यायाधीशको ‘कोटा’बाट मन्त्री नियुक्त हुन लागेको आरोप लागेको थियो । 

हमाल ०३१ सालमा शेरवहादुर देउवा नेविसंघको केन्द्रीय सभापति हुँदा नेविसंघ बाँकेको जिल्ला सभापति थिए,। पार्टी राजनीतिमा हमालले बाँकेमा देउवाको संगठक भएरै काम गरे । नवौँ महाधिवेशनबाट जिल्ला सभापति बनेका उनले दशौँ महाधिवेशनपछि देउवाले पार्टी फुटाउँदा उनैलाई साथ दिए । विभाजित भएर बनेको पार्टीको पनि उनी जिल्ला सभापति भए । ०६४ को संविधानसभा निर्वाचनमा बाँकेबाट कांग्रेसको उम्मेदवार बनेका हमाल माओवादी नेता तिलक परियारसँग पराजित भएका थिए । त्यसयता पाको शरीर लिएर उनी सक्रिय राजनीतिमा रमाउन सकेनन् ।

२८ असारको सर्वोच्च अदालतको फैसलापछि पाँच दलीय गठबन्धनबाट कांग्रेस सभापति देउवा प्रधानमन्त्री बने । सोही मेसोमा हमाल मन्त्री भए । तर, उनको विषयमा विवाद आयो। स्वयम् देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत हमाल कांग्रेस भएकै कारण मन्त्री भएको सार्वजनिक अभिव्यक्ति दिदा पनि विवाद साम्य भएन ।
 

विशेष