News विदेश

चीनमा बाढीका कारण १७ लाख मानिस विस्थापित

चीनमा बाढीका कारण १७ लाख मानिस विस्थापित

बेइजिङ- चीनको उत्तर प्रान्त साङ्सीमा बाढीका कारण पाँच जनाको मृत्यु भएको छ। उक्त बाढीमा परी १७ लाखभन्दा बढी मानिसहरु विस्थापित भएका छन्। चिनियाँ सञ्‍चारमाध्यमहरुका अनुसार गत साता आएको भिषण वर्षाका कारण बाढी र पहिरो आएको थियो। 

उक्त बाढी र पहिरोले साङ्सीका ७० जिल्ला प्रभावित भएका थिए। भिषण वर्षाका कारण उद्धार कार्यमा समेत कठिनाइ भएको थियो।  तीन महिनाअघि हेनान प्रान्तमा भएको भिषण वर्षाका कारण आएको बाढीमा परी ३०० जनाको मृत्यु भएको थियो। 

चिनियाँ मौसम विभागले ठूलो वर्षा र आँधिका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको जनाएको छ। चिनियाँ सञ्‍चरमाध्यम सिन्ह्वाका अनुसार एक लाख २० हजार मानिसहरुलाई तत्काल स्थानान्तरण गरिएको थियो। 

बाढीका कारण १७ हजार घरहरु भत्किएका छन्। उद्धार कार्यमा खटिएका चार जना प्रहरीको पनि मृत्यु भएको ग्लोबल टाइम्सले जनाएको छ। सान्सी प्रान्तको राजधानीमा ताइयुनमा १८५.६ एमएम वर्षा भएको थियो। 

विशेष