News

रुबी खान प्रकरणमा जिल्ला अदालतका न्यायाधिश नै विवादमा, यान्त्रिक भएको सर्वोच्चको टिप्पणी

रुबी खान प्रकरणमा जिल्ला अदालतका न्यायाधिश नै विवादमा, यान्त्रिक भएको सर्वोच्चको टिप्पणी

नेपालगञ्जकी अधिकारकर्मी रुबी खानलाई पक्राउ पुर्जी जारी गरेपछि जिल्ला अदालत बाँकेका न्यायाधिश श्यामसुन्दर अधिकारी विवादमा परेका छन् । 

आफ्नै अदालतबाट सम्बन्धबिच्छेदको फैसला जारी भएको अवस्था समेतलाई बेवास्ता गरी पक्राउ अनुमतिपत्र जारी गरेपछि उनी विवादमा परेका हुन ।

सर्वोच्च अदालतका न्यायाधिश अनिलकुमार सिन्हाको एकल इजलास समेतले त्यो कामलाई ‘यान्त्रिक’ भनी टिप्पणी गरेपछि अधिकारी रक्षात्मक अवस्थामा छन् ।सर्वोच्च अदालतले रुवी खानलाई रिहा गर्न आदेश दिइसकेको छ ।

‘जाहेरी दरखास्तमा कुनै प्रमाण पेश नहुनु तथा जिल्ला अदालतबाट आफ्नै अदालतमा भएको मिसिल तर्फ ध्यान नदिई कुनै तथ्य नहेरी न्यायिक मन प्रयोग नगरी वैयक्तिक स्वतन्त्रताको विषयमा यान्त्रिक रुपमा पक्राउ पूर्जी जारी गर्ने अनुमति दिनुलाई सामान्य रुपमा हेर्न सकिएन’ न्यायाधिश अनिलकुमार सिन्हाको एकल इजलासले भनेको छ।

रुबी खानले हिसांका घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भनी बाँकेमा आन्दोलन थालेकी थिइन् । उनले आन्दोलन थालेपछि बाँके प्रहरीले पूर्वप्रहरी उदयबहादुर कार्कीलाई प्रयोग गरेर भदौ २१ गते जाहेरी हाल्न लगाएको थियो । उनलाई एसपी श्यामकृष्ण अधिकारीले प्रयोग गरेर जाहेरी हाल्न लगाएको आरोप लागेको छ।

प्रहरीले रुवीलाई पक्राउ गर्न बाँके जिल्ला अदालतमा अनुमतिका लागि निवेदन दिएपछि जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीले कागजात र मिसिल नहेरी २०७८ भदौं २५ गते पक्राउको अनुमती दिएका थिए ।

रुबी खान

विशेष