News राजनीति

ओलीको आरोप– देउवा सरकार अदालतसँग सट्टापट्टामा वनेको हो

ओलीको आरोप– देउवा सरकार अदालतसँग सट्टापट्टामा वनेको हो

प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा सरकार सट्टापट्टामा वनेको आरोप लगाएका छन् ।

विहिवार गृहजिल्ला झापा पुगेर उनले यस्तो आरोप लगाएका हुन । हालै भएको मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशका जेठानलाई मन्त्री बनाएकोतर्फ संकेत गर्दै उनले सट्टापट्टा भएको प्रष्ट भएको बताए ।

उनले भने, ‘पैसाको कारबाही भयो कि भएन थाहा भएन । सट्टापट्टा भएको स्पष्टै देखियो । अरु केके भएको थियो, पछि देखिएला ।’

‘पहिला ब्यापारमा पैसाको कारोबार हुँदैनथ्यो बाटर सिस्टम हुन्थ्यो धेरै । सट्टापट्टा, खुर्सानी दिने पीठो लिने, के दिने अर्को लिने, यस्तो चलन थियो उहिले उहिले । अहिले सरकार बनाउँदा पनि त्यस्तै देखियो’ उनले थपे–‘यो सरकार बनाउँदा पैसाको कारोबार भयो भएन त थाहा भएन । बाटर सिस्टम चाहिँ यसपल्ट देखियो’

नेता ओलीले परमादेशबाट धर्तीमा पहिलोपल्ट सरकार बनेको भन्दै टिप्पणी समेत गरे । उनले अर्ली इलेक्सनको आशंकासमेत व्यक्त गरेका छन् । उनले संसदसमेत राम्ररी नचलेको, तीन महिनापछि मन्त्रीमण्डल विस्तार गरेको त्यो पनि सट्टापट्टा मिलाउनका लागि भएकाले निर्धारित समयअघि नै आम चुनाव हुनसक्ने शंका व्यक्त गरे ।
 

विशेष