News

सर्वोच्चको आदेशपछि रुबी खान रिहा, धरपकड नगर्न आदेश

सर्वोच्चको आदेशपछि रुबी खान रिहा, धरपकड नगर्न आदेश

प्रहरीले वहुविवाह मुद्दामा फसाउन खोजिएकी महिला अधिकारकर्मी रुबी खान रिहा भएकी छन् । सर्वोच्च अदालतको आदेशपछि उनलाई प्रहरीले हिरासत मुक्त गरेको हो ।

दुईटा हिंसाका घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै दबाव दिन अधिकारकर्मी रुबी सहितको टोली नेपालगञ्जबाट २० दिन पैदल हिँडेर केही दिनअघि काठमाडौं आइपुगेको थियो । काठमाडौँमा न्यायको माग गर्दै आन्दोलन चर्काएपछि प्रहरीले उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँके पुयाई मुद्दा चलाएको थियो । 

सो मुद्दाविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार रुबीलाई रिहा गरी सर्वोच्चका सहरजिष्टारको जिम्मा लगाउन आदेश दिएको थियो । सोही आदेशपछि उनी जिल्ला प्रहरी कार्यालय बाँकेबाट रिहा भएकी हुन् । सर्वोच्चले उनलाई धरपकड नगर्न पनि आदेश दिएको छ । 

‘जाहेरी दरखास्तमा कुनै प्रमाण पेश नहुनु तथा जिल्ला अदालतबाट आफ्नै अदालतमा भएको मिसिल तर्फ ध्यान नदिई कुनै तथ्य नहेरी न्यायिक मन प्रयोग नगरी वैयक्तिक स्वतन्त्रताको विषयमा यान्त्रिक रुपमा पक्राउ पूर्जी जारी गर्ने अनुमति दिनुलाई सामान्य रुपमा हेर्न सकिएन’ न्यायाधिश अनिलकुमार सिन्हाको एकल इजलासले भनेको छ।

रुबी खानले हिसांका घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भनी बाँकेमा आन्दोलन थालेकी थिइन् । उनले आन्दोलन थालेपछि बाँके प्रहरीले पूर्वप्रहरी उदयबहादुर कार्कीलाई प्रयोग गरेर भदौ २१ गते जाहेरी हाल्न लगाएको थियो । उनलाई एसपी श्यामकृष्ण अधिकारीले प्रयोग गरेर जाहेरी हाल्न लगाएको आरोप लागेको छ।

प्रहरीले रुवीलाई पक्राउ गर्न बाँके जिल्ला अदालतमा अनुमतिका लागि निवेदन दिएपछि जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीले कागजात र मिसिल नहेरी २०७८ भदौं २५ गते पक्राउको अनुमती दिएका थिए ।


रुबीले रिहा भएलगत्तै आन्दोलन जारी राख्ने प्रतिक्रिया दिएकी छन् । 

यो पनि

रुबी खान प्रकरणमा जिल्ला अदालतका न्यायाधिश नै विवादमा, यान्त्रिक भएको सर्वोच्चको टिप्पणी
न्याय खोज्ने महिलामाथि प्रहरीको झुठो मुद्दा, पुर्वाग्रह राखेको पीडित पक्षको आरोप

२० दिन पैदल यात्रा गरेकी रुबी खानले प्रहरी हिरासतमै सुरु गरिन अनसन

न्याय माग्दै पैदल आएको टोलीसँग सरकारको वार्ता

२० दिन पैदल हिडेर वोल्नकै लागि राजधानी आएका महिला पक्राउ पर्दा कहाँ छिरे झाँक्रीहरु ?

 

रुबी खान

विशेष