News

चोरले हथौडा हान्दा महिला ठहरै

चोरले हथौडा हान्दा महिला ठहरै

महोत्तरीमा गएराति चोरले हानेको हथौडाको चोटले एक महिलाको मृत्यु भएको छ।

महोत्तरी गाउँपालिका–३ मा पर्ने मडई गाँउमा चोरी गर्न आएका व्यक्तिले हथौडा प्रहार गर्दा स्थानीय लालकिशोर झाकी श्रीमती शिलादेवी झाको मृत्यु भएको हो ।

चोरबारे कुनै जानकारी नभएको महोत्तरीका एसपी दिनेश आचार्यले बताए। घटनास्थलको मुचुल्का उठाई शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाईएको प्रहरीले जनाएको छ।
 

विशेष