News विदेश

शाहरुख खानका छोरा आर्यानलाई अझै केही दिन जेलमा राखिने

शाहरुख खानका छोरा आर्यानलाई अझै केही दिन जेलमा राखिने

वलिउड अभिनेता शाहरुख खानका छोरा आर्यान खान अझै केही दिन जेलमै रहने भएका छन् । ड्रग्स पार्टीवाट पक्राउ परेका उनका विषयमा अदालतले अन्तिम निर्णय नगरेका कारण उनी केही दिन जेलमै वस्नु पर्ने भएको हो ।

क्रुज ड्रग्स पार्टी काण्डमा पक्राउ परेका आर्यानसहितका अभियुक्तलाई अहिले मुम्बईस्थित आर्थर रोड जेलमा राखिएको छ। बिहीबार मुम्बईको विशेष एनडीपीएस अदालतले आर्यनलगायत अभियुक्तबारे सुनुवाइ गरेको थियो । तर, निर्णय नआएको सञ्चार माद्यमहरुले जनाएका छन् ।

अदालतले अब आउने २० तारिखका दिन निर्णय सुनाउने भनेको छ। त्यस दिन अदालतले उनीहरु धरौटीमा रिहा हुने÷नहुने निर्णय सुनाउने बताइएको छ। आर्यनसँगै अरबाज मर्चेन्ट र मुनमुन धमिचा पनि पनि जेलमा छन् ।
 

आर्यान खान

विशेष