News खेल

नेपालले भारत विरुद्ध बलियो चुनौती प्रश्तुत गर्ने

नेपालले भारत विरुद्ध बलियो चुनौती प्रश्तुत गर्ने

नेपालले साफ च्याम्पियनसिप २०२१ मा भारतसँग प्रतिस्पर्धा गर्नेछ। लिग चरणको खेलमै भारतसँग पराजित भएको नेपालले फाईनमा कस्तो प्रदर्शन गर्छ भन्ने कौतुहलता सुरु भएको छ।

सहायक प्रशीक्षक किरण श्रेष्ठले भने भारतविरुद्ध नेपाली टिमले बलियो चुनौती पेस गर्ने दाबी गरेका छन् । लिग चरणमा नेपाली टिममाथि अत्याधिक सुरक्षात्मक रहेर खेलेको हुनाले आलोचना भएको थियो । तर अव त्यो भुललाई ध्यानमा राखेर सच्चिएर खेल्ने उनको भनाई छ।

साफ च्याम्पिनसिपको २८ वर्षको इतिहासमा नेपाल फाइनलमा पुगेको पहिलो हो । भारतले भने यस अघि ७ पटक फाईनल जितेर आठौं पटकको विजेता वन्न प्रतिस्पर्धा गरिरहेको छ। सन् २००५ यता भारतले प्रत्येक संस्करणको फाइनल खेलेको छ । 

तर, भारतका लागि नेपालले तेर्साउने चुनौती पक्कै पनि सहज हुने छैन। भारतले यस पटक नेपाललाई कमजोर मान्ने भुल पक्कै पनि गर्ने छैन। पछिल्लो समय दक्षिण एसियाली फुटबलमा कुनै टिमले धेरै प्रगति गरेको छ भने त्यो नेपालले हो भनेर भारतीय प्रशिक्षकहरु नै स्विकार्छन । 

विशेष