News अपराध सुरक्षा

प्रधानमन्त्री देउवाका भाईकै घरमा चोरी, खोई प्रहरीको सुरक्षा योजना ?

प्रधानमन्त्री देउवाका भाईकै घरमा चोरी, खोई प्रहरीको सुरक्षा योजना ?

नेपाल प्रहरीले दशैं विशेष सुरक्षा योजना सार्वजनिक गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ भरतबहादुर देउवाको घरमै चोरी भएको छ । दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला धनगढी उपमहानगरपालिका–२ सन्तोशी टोलका स्थानीय वासिन्दा भरतबहादुरको घरमा शुक्रबार दिउँसो चोरी भएको हो ।

उनको घरवाट सुनका गरगहना र नगद चोरी भएको प्रहरीले जनाएको छ। भरतवहादुर प्रधानमन्त्री शेरबहादुर देउवाका सहोदर भाइ हुन । सन्तोशी टोलमै रहेका आफन्तको घरमा टीका लगाउन गएको समयमा चोरी भएको जनाईएको छ। ४ हजार नगदसहित करीब तीन तोला सुन र तीन तोला चाँदी चोरी भएको परिवारका सदस्यले जानकारी दिए ।

मुल गेटका ताल्चा रडले खोलिएको र सबै दराज खोलेर चोरी गरेको अवस्थामा फेरा परेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाको अनुसन्धान भइरहेको एसपी विश्व अधिकारीले बताए ।

विशेष