News

प्रहरी/प्रशासनकै संरक्षणमा जुवातास, वाउन्सर राखेर दादागिरी

प्रहरी/प्रशासनकै संरक्षणमा जुवातास, वाउन्सर राखेर दादागिरी

धनुषामा प्रहरी/प्रशासनकै आडमा खेलआम जुवातास खेलाउने गरेको पाईएको छ। कतै चाडवाडका नाममा र  कतै दुर्गा पुजा मेलाका नाममा जुवातास खेलाईने गरेको छ।

बटेश्वर गाउपालिका–५ शान्तिपुरमा आयोजित दुर्गा मेलामा विगत एक सातादेखि जुवातास चलिरहेको छ। जुवाका लागि आयोजकले छुट्टै टेन्ट नै लगाएको छ । मेलामा रातभरी नै जुवातास खेलिने गरेपछि प्रहरी÷प्रशासनले हस्तक्षेप गर्नुको सट्टा सुरक्षा दिएको स्थानीयहरु आरोप लगाउँछन् ।

जुवाको खालमा दिनैमै लाखौंको हारजित हुने गरेको र कमिसनको लोभमा प्रहरी÷प्रशासनले सुरक्षा प्रदान गरिरहेको उनीहरुको आरोप छ।

शान्तिपुरको दुर्गा मेलालाई ‘जुवा मेला’ पनि भन्ने गरिन्छ । हरेक वर्ष यहाँ जुवा खेलाइन्छ । जुवा आयोजना गर्नेहरु ‘बाउन्सर’ समेत राखेर जुवा खेलाउँछन् । जुवातास खेलिरहेको फोटो खिच्न रोक लगाइएको छ । स्थानीयका अनुसार कसैले फोटो खिचेको थाहा पाए बाउन्सरले मोवाइल वा क्यामेरा खोस्ने गरेका छन् ।

धार्मिक तथा सांस्कृतिक परम्पराको नाममा खुलेआम जुवातास र मदिराको विक्रिवितरण भईरदा समेत स्थानीय प्रशासनले रोक्ने प्रयास नगर्नुले पनि यसका पछाडि ठुलै सेटिङ्ग रहेको जानकारहरु वताउँछन् ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली मेलामा सुरक्षार्थ खटेका छन् । मेलामा केही युवाबीच गएराति विवाद हुँदा महेन्द्रनगरका इन्सपेक्टर तिलक सुनार आफैं पुगेका थिए । तर, जुवातास खेलिरहेपनि नदेखे झैं गरेर फर्किएका छन् ।

इन्सपेक्टर सुनारले मेलामा जुवातास भइरहेको गलत रहेको दावी गरे । 
 

विशेष