News विदेश मुख्य समाचार

चिनियाँ अधिकारहरुद्वारा उइगर कार्पेन्टरलाई तेस्रो पटक पक्राउ 

चिनियाँ अधिकारहरुद्वारा उइगर कार्पेन्टरलाई तेस्रो पटक पक्राउ 

 
बेइजिङ- चीनको सिन्जियाङमा रहेका उइगर अल्पसंख्यक समुदायप्रति चीन सरकार निकै कठोर बनेको छ। अघोषित धार्मिक र जातीय सफाय अभियान चलाएको चीनले उइगरहरुलाई गैरकानुनीरुपमा नियन्त्रणमा लिने गरिरहेको छ। 

लाखौं उइगरहरुलाई नियन्त्रणमा लिने र यातना दिने गतिविधिहरु चीनले गरिररहेको छ। यस्तैमा अल्पसंख्यक उइगर मुस्लिम समुदायका एक कार्पेन्टर आठ वर्षपछि रिहा गरिएका थिए। 

रिहापछि पनि उनलाई चिनियाँ अधिकारीहरुले तस्रोपटक पक्राउ गरेको छ। आर्किन इमिन्जन, सिकर्मीको काम र खाना पकाएर जीविका कमाउँथे। यसअघि सार्वजनिक व्यवस्थामा बाधा पुर्‍याउने र आफ्नो सेल फोनमा 'अवैध सामग्री' भएको कारण देशलाई विभाजित गर्ने प्रयास गरेको संवेदनशील आरोपमा आठ वर्ष जेल सजाय भएको थिए। 

२०१७ आर्किनलाई फेरी अर्को दुई वर्षको लागी हिरासतमा राखिएको थियो र उइगर समुदायमा अत्याचारको एक हिस्साको रूपमा चिनियाँ सरकारद्वारा स्थापित सिन्जियाङ नजरबन्द शिविर पठाइएको थियो। 

अर्किनले आफूलाई बिना कारण आठ वर्षसम्म जेलमा राखेको भन्दै गुनासो गरेकी थिइन्। फेरि उनलाई नियन्त्रणका लिइएको हो। उइगर महिलाहरुलाई नियन्त्रणमा लिएर बलात्कार गर्ने, मुस्लिमहरुलाई हरेक शुक्रबार सुँगुरको मासु खुवाउने, बाँझोपनको औषधी खुवाउने र हत्या गर्नेजस्त जघन्य अपराधमा चिनियाँ अधिकारीहरु संलग्‍न रहेका छन्। 

उक्त कदमको अन्तर्राष्ट्रिय समुदायले विरोध गरेको भए पनि चीन सरकारले भने पुनर्शिक्षा शिविरमा राखिएको दाबी गरिरहेको छ।

विशेष