News

मन्दिर र मुर्ति तोडफोड भएको घटनाको निन्दा गर्दै बंगलादेशका प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

मन्दिर र मुर्ति तोडफोड भएको घटनाको निन्दा गर्दै बंगलादेशका प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

बंगलादेशमा मन्दिर तथा हिन्दू देवी देवताको प्रतिमा तोडफोड भएको घटनाको निन्दा गर्दै राष्ट्रिय एकता अभियानले बांग्लादेशका प्रधानमंत्रीलाई ज्ञापन पत्र पठाएको छ। 

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको नेतृत्वको टोलीले नेपालका लागि बंगलादेशी राजदूत सालाऊदीन रमन चौधरी मार्फत प्रधानमन्त्री शेख हसिनासमक्ष ज्ञापन पत्र बुझाएको हो । अभियानले बंगलादेशको सरकारसँग जिहादी आक्रमणकारीहरुविरुद्ध कठोर कदम चाल्न माग पनि गरेको छ ।

‘बंगलादेशमा भएको सो घटनाले नेपालको सम्पूर्ण हिन्दू समुदायलाई चोट पु-याएको छ, बंगलादेशमा हिन्दु जनसंख्या र पूजास्थलहरुमा संगठित भीडको हमलाको खबरबाट हामीलाई गहिरो आघात पुगेको छ’– ज्ञापन पत्रमा भनिएको छ।

बंगलादेशमा हिंसा फैलिएपछि बुधबारदेखि कम्तीमा ६ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको पुष्टि भएको छ। कम्तीमा १७ हिन्दू मन्दिरहरुमा हमला भएको छ र त्यहाँका मूर्तिहरु तोडफोड गरिएको छ।

राजधानी ढाकामा सयौं मानिसहरुले अहिले विरोध प्रदर्शन गरिरहेका छन् । सामाजिक सञ्जालमा इस्लामको पवित्र पुस्तक कुरान हिन्दू मन्दिरको तल राखिएको तस्बिर सार्वजनिक भएपछि दङ्गा भड्किएको थियो। दङ्गामा हिन्दुहरुमाथि हमला गरिएको छ।

बंगलादेशका गृहमन्त्री असदुज्जमान खानले साम्प्रदायिक सद्भाव भंग गर्ने उद्देश्यले आक्रमण भएको बताएका छन्। हिंसा अक्टोबर १५ देखी सुरु भएको थियो।


 

विशेष