News अपराध सुरक्षा

भारतमा साथीको हत्या गरेर नेपाल पसेका सहनी वैंक लुट्न खोज्दा पक्राउ

भारतमा साथीको हत्या गरेर नेपाल पसेका सहनी वैंक लुट्न खोज्दा पक्राउ

असोज २५ गते मोरङको धनपालथान गाउँपालिका– ४ स्थीत सिटिजन्स बैंकको शाखा लुटपाटमा संलग्न भएका ब्यक्ति भारतमा आफनै साथीको हत्या गरी नेपाल पसेको पाईएको छ।

भारतमा उनी प्रहरीको खोजी सुचिमा छन् । असोज २५ गते कर्सिया स्थीत सिटिजन्स बैंकको शाखाबाट २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लुटपाट भएको थियो । लुटपाटमा संलग्न ८ मध्ये तीन जनालाई प्रहरीले सोही दिन भारत तर्फ भाग्दै गर्दा सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा भारतीय बिजय सहनी (बहरदार), अररियाका सुनिल यादव र बिराटनगरका ३२ वर्षीय श्याम मुखिया थिए । उनीहरु मध्ये सहनीले भारतमा साथीको हत्या गरेको आरोप छ । उनी पक्राउ पर्दा घाईते अवस्थामा थिए । लुटपाटका क्रममा साथीले चलाएको गोली उनको बाया खुट्टामा लागेको थियो ।

प्रहरीका अनुसार मोरङको कटहरीमा बस्दै आएका बिजय (सहनी) बहरदारमाथि एक वर्षअघि भारत अररीया जिल्ला गडुरापुर नरपथगञ्ज थाना नजिकै बस्ने २५ वर्षीय शिवशंकर कुमार (सिन्टु)को गोली हानी हत्या गरेको आरोप छ । २०७७ जेठ १४ गते बुधबार राति घर नजिकै सिन्टुको गोली हानी हत्या भएको थियो ।

हत्यापछि उनका बुबा रामप्रकाश यादवले बिजय बहरदार(सहनी)सहित प्रमोद मण्डल, मुकेश बहरदार, नितिश कुमार,शुशिल बहरदार, श्रवेश यादवसहित ९ जना विरुद्ध जाहेरी दिएका थिए ।

उनले दिएको जाहेरीमा आफ्नो एकमात्र सन्तानको हत्यामा संलग्न समूहले आफूलाई पनि ज्यानमार्ने धम्की दिइएको उल्लेख छ । हत्यापछि फरार रहेका बिजय विराटनगर आएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जिसीका अनुसार सहनी कटहरीको एक कृषि फर्ममा काम गर्दै आएका थिए ।

सहनी पक्राउपरेपछि भारतमा गरेको अपराधको विषय बाहिर आएको थियो । मृतक सिन्टुका आफन्तका अनुसार बिजय अपराधिक गतिविधिमा संलग्न रहदै आएका हुन् ।

प्रहरीका अनुसार सहनी बसेको फर्मबाट नै बैंक लुटपाटको योजना बनेको थियो । विराटनगरका मुखिया लुटपाट प्रकरणका मुख्य योजनाकार भएको प्रहरीले जनाएको छ। हुन् । 

लुटपाटका क्रममा चलाएको गोली लागेर सुरक्षा गार्ड सितल कुवर घाइते भएका थिए । बैंक भित्र दुई राउण्ड गोली फायर भएको थियो । एक गोली सुरक्षा गार्डलाई लागेको थियो । अर्को गोली लुटेरा समूहका सदस्य सहनीलाई नै लागेको थियो । लुटपाटपछि अर्का भारतीय नागरिक रोशन यादव हतियारसहित पक्राउ परेका थिए । 

लुटपाट

विशेष