News

पप्पु कन्स्ट्रक्सनले जिम्मा लिएको कमला नदीमा निर्माणाधिन पुलको पिलर भासियो

पप्पु कन्स्ट्रक्सनले जिम्मा लिएको कमला नदीमा निर्माणाधिन पुलको पिलर भासियो

पप्पु कन्स्ट्रक्सनले जिम्मा लिएको धनुषा र सिरहा जोड्ने निर्माणाधिन कमला नदीको पुलको पिलर भासिएको छ। वाढिका कारण बुधबार दिउँसो धनुषातर्फको ३ नम्बर पिलर भासिएको हो। 

अविरल वर्षाका कारण नदीमा बढेको पानीको सतह तथा तेज बहावका कारण पिलर भासिएको हुलाकी सडक निर्देशनालय जनकपुरधामका निर्देशक कृष्णकुमार महतोले बताए। 

यसअघि गत असार १७ गते सिरहा तर्फको दोश्रो पिलर भासिएको थियो । पुलको ९९ प्रतिशत काम सम्पन्न भइसकेपछि दुवै तर्फका पिलर भासिएका हुन । गत  साउन महिनामै हस्तान्तरण गरेर संचालनमा ल्याउने तयारी रहेको पुलको एउटा पिलसर असारमा भासिएपछि पुल निर्माणको गुणस्तरमा प्रश्न उठेको थियो ।

निर्माण सम्पन्न नहुँदै पुल भासिएपछि सोको पुनः निर्माण गर्ने जिम्मा लुम्बिनी बिल्डर्सले लिएको छ। पुल निर्माणका लागि सुरुमा पप्पु कन्स्ट्रक्सनले लिएको थियो । ४२ महिनाभित्र काम सक्ने गरी २०६८ सालमा ठेक्का पाएको पप्पु कन्ट्रक्सनले ७ वर्षसम्म पनि सम्पन्न नगरेपछि हुलाकी राजमार्ग निर्देशनालय जनकपुरले लुम्बिनी बिल्डर्सलाई २०७८ असार १३ गते काम सक्ने गरी निर्माणको जिम्मा दिएको थियो।
 

विशेष