News

बाढी पिडितलाई राहत चाहियोः माओवादी केन्द्र सुदूरपश्चिम सम्पर्क समिति

बाढी पिडितलाई राहत चाहियोः माओवादी केन्द्र सुदूरपश्चिम सम्पर्क समिति

नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम सम्पर्क समितिले बाढी तथा पहिरो पिडितलाई यथासिघ्र राहत प्याकेजको घोषणा गर्न सरकारसँग माग गरेको छ । असोज ३१ गतेदेखिको वर्षाका कारण बाढी पहिरोको मारमा परेका नागरिकलाई उचित राहत दिन सम्पर्क समितिका संयोजक मोहनदेव विष्टद्धारा हस्ताक्षरित विज्ञप्तीमा माग गरिएको छ ।


बाढी पहिरो पिडित कृषकलाई कृषि र किसान बीमाको व्यवस्था गर्नपनि विज्ञप्तीमार्फत माग गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘यो प्राकृतिक विपत्तीसँग सामना गर्न सबै जनताको साथ सहयोग समर्थन र सरकारको नीति आवश्यक हुने हुँदा सरकारको तर्फबाट कृषि र किसान बीमाकोसाथै राहतको उचित व्यवस्थापन गरियोस् ।’


प्रत्येक जिल्लामा बाढी, पहिरो पिडितलाई राहत उपलब्ध गराउन सर्वदलीय राहत तथा क्षतिपुर्ति मूल्यांकन समिति गठन गरीनु पर्ने मागसमेत विज्ञप्तीमा उल्लेख छ ।


यस्तो छ बुधबार माओवादी केन्द्र सुदूरपश्चिम सम्पर्क समितिले प्रेशित गरेको विज्ञप्ती
‘पश्चिमी वायुको नकारात्मक चापले हाम्रो देशमा समेत अविरल वर्षा, हुरी बतासले वितण्डा मात्र नभएर तीस जनाभन्दा बढीको ज्यान समेत लियो । पाकेको अन्नबालीसमेत तहसनहस हुनेगरी बाढी पहिरोले भौतिक क्षति अतुलनीय रूपमा गरेको यो विषम परिस्थितिको घडीमा मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्तगर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् ।


साथै यो प्राकृतिक विपत्ती सँग सामना गर्न सबै जनताको साथ सहयोग समर्थन र सरकारको नीति आवश्यक हुने हुँदा सरकारको तर्फबाट कृषि र किसान बीमाको साथै राहतको उचित व्यवस्थापन गरोस् । पीडितलाई राहत उपलब्ध गराउन प्रत्येक जिल्लामा सर्वदलीय राहत तथा क्षतिपुर्ति मूल्यांकन समिति गठन गरी तुरुन्तै राहत तथा पीडितलाई  क्षतिपुर्ति दिन सरकारसँग अनुरोध गर्दछौ ।


साथै, सम्पूर्ण राजनीतिक दलका भातृसंगन, समाजसेवी, सेना, प्रहरी, युवा, विद्यार्थी, सञ्चारकर्मी पत्रकार लगायत सबैले भौतिकरूपमा अहोरात्र खटिएर सहयोग गर्नुभएकोमा तपाईं सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौ । अबका दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छौं ।  


विशेषगरी सुदूरपश्चिम घरभई काठमाडौं बसोबास गर्नुहुने भौतिक रूपमा सहयोग गर्न नसक्ने महानुभाव हरुले राज्यको विशेष राहत कोषमा आर्थिक सहयोग गरी सुदूरपश्चिमकाका जनताको  घाउमा मलमपट्टी लगाउन हातेमालो गर्दै जे जति सकिन्छ सहयोग गरी सुदूरपश्चिमकाका बढी पिडितको दुःखमा साथदिनहुन हार्दिक अनुरोध गर्दछौं ।’

 

बाढी पिडितलाई राहत

विशेष