News

बाढी–पहिरो पीडितलाई क्षतिपूर्ति र बेपत्ताको खोजी गर्न अखिल क्रान्तिकारीकोे ध्यानाकर्षण

बाढी–पहिरो पीडितलाई क्षतिपूर्ति र बेपत्ताको खोजी गर्न अखिल क्रान्तिकारीकोे ध्यानाकर्षण

लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा गएको बाढी पहिरोमा परी ज्यान गुमाउने परिवारलाई राहत, घाइतेको निःशुल्क उपचार र बेपत्ताको तत्काल खोजी गर्न नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले विज्ञप्तीमार्फत सरकारको ध्यानकर्षण गराएकीछन् ।


बाढी पहिरोमा परी ज्यान गुमाउने परिवारलाई राहत, घाइतेको निःशुल्क उपचार र बेपत्ताको तत्काल खोजी गर्न अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले विज्ञप्तीसहित ध्यानाकर्षण गराएकी हुन् ।


लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा गएको बाढी, पहिरो र डुवानले मानवीय र धनजन तथा बाली नालीमा पुगेको क्षतिले दुखित तुल्याएको विज्ञप्तीमा उल्लेख छ ।


क्रान्तिकारीकी नव निर्वाचित अध्यक्ष पंचा सिंहले विज्ञप्ति जारी गर्दै पीडितलाई उद्दारसँगै राहत दिन माग गरेकी हुन् ।अध्यक्ष पञ्चा सिंहद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘सम्पूर्ण मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली, शोकाकुल परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं, बाढी पहिरोका कारण मृत्यु भएका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति, घाइतेहरुको निःशुल्क उपचार र बेपत्ता भएकाहरुको तत्काल खोजी कार्यलाई तिब्रता दिई मानवीय तथा अन्य क्षतिको यथार्थ विवरण संकलन गरी तत्काल राहत प्याकेज घोषणा गर्न स्थानीय, प्रदेश र संघिय सरकारसंग जोडदार माग गर्दछौं ।


प्राकृतिक प्रकोप जस्ता संकटको घडिमा अनेरास्ववियू (क्रान्तिकारी) सदैब संकट समाधानका लागि जनतासंगै रहेको कुरा जगजाहेर छ । यस संकटको समयमा सबै निकायमा रहनु भएका नेता कार्यकर्ताहरुलाई राहत र उद्दार कार्यमा जुट्न निर्देशन दिदै विपत जोखिम क्षेत्रका नागरिकहरूलाई उच्च सतर्कता अपनाउन समेत आब्हान गर्दछौं । समस्यामा पर्नु भएका नागरिकहरुलाई सहयोग गर्न सम्पुर्ण सहयोगि दाताहरुलाई हार्दिक अपिल गर्दर्छौ ।


सोमबार रातिको पहिरोमा परेर बझाङको थलारा गाउँपालिका–४ डिक्लामा २४ जना वेपत्ता भएका छन् । गाउँबाट एक किलोमिटर माथि रहेको ढोगदिना डाँडाबाट पहिरो खस्दा सात घर पहिरोमा पुरिएको र २४ जना वेपत्ता भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर गगने सार्कीको एकै परिवारका १८ जना र नरे पार्कीको परिवारका ६ जना छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् भने उनका माइला छोरा काले सार्की सम्पर्कमा छन् । पूरा गाउँ पहिरोको जोखिममा परेपछि सय भन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेका छन् ।

पहिरोका कारण तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँका स्थानीय त्रिभुवन मावि महेन्द्रधारमा अस्थायी रुपमा आश्रय लिएर वसेको जनाईएको छ।

पहिरो खसिरहेका कारण उद्धार हुन सकेको छैन। आइतबार रातिबाट सुरु भएको अविरल वर्षाका कारण जिल्लाभर जनजीवन अस्तव्यस्त भएको छ । पहिरोले जयपृथ्वी नगरपालिका – १ पिमी गाउँमा मात्रै ६० परिवार विस्थापित भएको स्थानीयले बताएका छन् ।

वर्षासँगै सदरमुकाम नजिक भएर बग्ने डुङग्री खोलामा आएको बाढीले डुङग्री बजार र लेकी जोड्ने झोलुङगे पुल बगाएको छ । पुल नजिक रहेका ५ वटा पक्की घर पनि बगाएको र बजारका अरु घरहरु पनि जोखिममा परेको प्रहरीले जनाएको छ ।

वर्षा र पहिरोले सुदूरपश्चिमका धेरै पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध भएको छ । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्वारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए ।

पहिरोले जिल्ला जोड्ने जयपृथ्वी राजमार्ग लगायत जिल्लाभित्रका सबै ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । ठाउँठाउँमा पोल ढलेका कारण जिल्लाभरको विद्युत सेवा अवरुद्ध छ । सदरमुकाम चैनपुर लगायत दर्जन बढी ठाँउको खानेपानी सेवा पनि अवरुद्ध भएको बताइएको छ ।


वझाङमा पहिरोमा परेर एकै परिवारका १८ सहित २४ वेपत्ता

बाढी–पहिरो अखिल क्रान्तिकारीकोे ध्यानाकर्षण

विशेष