News

झलनाथ खनाललको एक फोनले पशुपति विकास कोषको कोषाध्यक्ष वन्दै सहारा

झलनाथ खनाललको एक फोनले पशुपति विकास कोषको कोषाध्यक्ष वन्दै सहारा

सरकारले पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्षमा सहारा न्यौपानेलाई नियुक्त गर्न ठिक्क पारेको छ। नेपाल कम्युनिस्ट पार्टी (एस)का वरिष्ठ नेता झलनाथ खनालको दवावमा पर्यटन तथा संस्कृति मन्त्रालयले न्यौपानेलाई नियुक्त गर्न लागेको हो ।

नियमानुसार कोषको कोषाध्यक्षमा सम्वन्धित क्षेत्रको अनुभव र विज्ञ विज्ञ हुनुपर्ने ब्यवस्था छ। तर, त्यस्तो पदमा पनि असम्बन्धित व्यक्तिलाई नियुक्त गर्ने भएको स्रोतको दावी छ। 

नेता खनालले नेकपा (एस)ले बनाएको राज्य व्यवस्था समितिका संयोजक राजेन्द्र पाण्डेलाई फोन गरेरै सहारा न्यौपानेलाई कोषको कोषाध्यक्षमा नियुक्त गर्न दबाब दिएका छन् । नेकपा (एस)ले पाएको मन्त्रालयमा गरिने राजनीतिक नियुक्तिहरूमा पार्टीले बनाएको राज्य व्यवस्था समितिको सिफारिस अनिवार्य हुनुपर्ने नियम नेकपा (एस)ले बनाएको छ। 

उक्त राज्य व्यवस्था समितिले न्यौपानेलाई कोषको कोषाध्यक्षमा नियुक्त गर्न पर्यटन मन्त्रालयलाई सिफारिस गरिसकेको र सिफारिस पर्यटन मन्त्री प्रेम आलको टेबुलमा पुगिसकेको जनाईएको छ। 

डा मिलन थापाको पदावधि सकिए पछि रिक्त ठाउँमा सरकारले न्यौपानेलाई नियुक्त गर्न लागेको हो। थापाको नियुक्ति कोषको सदस्य सचिवमा यसअघि नै गरिएको छ। 

नेता खनालले आफु प्रधानमन्त्री हुँदा २०६७ सालमा सहाराका पति शिवराम न्यौपानेलाई नेपाल बायु सेवा निगमको कार्यकारिणी पदमा नियुक्त गरेका थिए । न्यौपानेले एयरलाइन्सलाई डुवाएर छोडेको वताईन्छ। 

हुन त खनालले केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला सहारा न्यौपानेलाई राजदुत वनाउने प्रयास गरेका थिए । कुनै एक देशको राजदूत बनाईदिन खनालले गरेको आग्रहलाई ओलीले वेवास्ता गरेकै कारण ओली–खनालवीच सम्बन्ध बिग्रिएको स्रोतको दाबी छ। 

न्यौपानेलाई राजदुत नवनाएकै कारण खनाल पार्टी फुटाउनु पर्छ भन्ने अवस्थामा पुगेको र ओलीलाई प्रधानमन्त्रीवाट हटाउने अभियानमा लागेको स्रोत वताउँछ।
 

पशुपति क्षेत्र विकास कोष सहारा न्यौपाने

विशेष