News स्वास्थ्य

इङ्ल्याण्डमा कोरोनाको डेल्टा उप–भेरिअन्ट फैलियो 

इङ्ल्याण्डमा कोरोनाको डेल्टा उप–भेरिअन्ट फैलियो 

कोरोना भाईरसको नयाँ भेरियन्ट इङ्गल्यान्डमा फेला परेको छ। डेल्टा भेरिअन्टको पनि उप–भेरिअन्टको रुपमा कोरोनाको सङ्क्रमण बढेको पाईएको छ। एवाईफोरटु नाम दिइएको डेल्टा भेरिअन्टको नयाँ उत्परिवर्तन स्वरूप झन् बढी सङ्क्रामक देखिएको छ।

डेल्टा भेरिअन्टको उप–भेरिअन्ट इजरायलमा समेत फेला परेको छ। युरोपबाट इजरायल पुगेका ११ वर्षीय बालकमा डेल्टा भेरिअन्टको उप–भेरिअन्टको सङ्क्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

अहिले बेलायतका थपिन लागेको नयाँ सङ्क्रमितमध्ये झन्डै १० प्रतिशतमा यो नयाँ भेरिअन्टको सङ्क्रमण भइरहेको देखिएको छ। डेल्टा भेरिअन्टको उप–भेरिअन्ट १० देखि १५ प्रतिशत बढी सङ्क्रामक देखिएको छ ।

बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीका वैज्ञानिकहरूले योलगायतका अन्य चार भेरिअन्टमाथि अध्ययन गरिरहेका छन् । विश्व स्वास्थ्य संगठन नेतृत्वको टोलीले यसमाथि अध्ययन गरेर यो भेरिअन्टलाई अन्यलाई जस्तै नयाँ नाम दिनेछ।

केही विज्ञहरूले डेल्टा भेरिअन्टको उप–भेरिअन्टको सङ्क्रमण आउँदा महिनामा झनै बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन्।
 

विशेष